Comments Add Comment

सर्वोच्चमा न्यायाधीश सिफारिसको गृहकार्य

६ वैशाख, काठमाडौं । सर्वोच्च अदालतमा रिक्त न्यायाधीश नियुक्तिका लागि सिफारिसबारे छलफल गर्न न्यायपरिषदको बैठक आइतबार बस्दैछ ।

Sarboccha-Adalatसर्वोच्चमा हाल तीन स्थायी न्यायाधीश पद रिक्त छ । मुद्दाको चाप बढेकाले केही अस्थायी न्यायाधीश पनि नियुक्त गर्ने तयारी गरिएको छ ।

परिषदका सचिव कृष्ण गिरीले माथिल्लो निकायदेखि तल्लो निकायसम्म नियुक्त गर्ने एजेण्डाअनुसार पहिले सर्बोच्चमा नियुक्त हुने न्यायाधीशहरुबारे बैठकमा छलफल हुने जानकारी दिए । बैठक दिउँसो २ बजेपछि बस्नेछ ।

स्थायी न्यायाधीशका ३ पद रिक्त रहे पनि केही अस्थायी न्यायाधीश पनि नियुक्त हुने स्रोतले जनाएको छ । मुद्दाको चाप अनुसार आवश्यकता अनुसार अस्थायी न्यायाधीश नियुक्त गर्न पनि सकिन्छ ।

नेपाल बार एशोसियशनले आफ्नो तर्फबाट न्यायपरिषदमा पठाउने एक सदस्य सिफारिस गर्न नसके पनि परिषद नयाँ न्यायाधीश नियुक्तिको सिफारिसको गृहकार्यमा जुटेको छ ।

यसअघि बारबाट सिफारिस उपेन्द्र केशरी न्यौपाने परिषदमा सदस्य थिए । उनले राजीनामा दिएपछि न्यायपरिषद हाल ४ सदस्यीय छ । प्रधानन्यायाधीश अध्यक्ष रहने न्यायपरिषदले न्यायाधीशको नियुक्ति, सरुवा, अनुशासन सम्वन्धि कारवाही र न्याय प्रशासन सम्वन्धी अन्य कुराहरु सिफारिस गर्दछ ।

न्यायपरिषदबाट सिफारिस न्यायाधीशहरुलाई प्रधानन्यायाधीशले नियुक्त गर्ने संवैधानिक प्रावधान छ । यसरी नियुक्त हुने न्यायाधीशहरुको कार्यकाल ६ वर्षको हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment