Comments Add Comment

संविधानको मस्यौदा लेखन प्रक्रिया अघि बढाउन तीन दल सहमत

3 metting-at-baluwatar

७ वैशाख, काठमाडौं । एमाओवादीसहितका प्रमुख तीन दलका नेताहरु वैशाख १० गतेदेखि नयाँ संविधानको मस्यौदा लेखन प्रक्रिया अघि बढाउन सहमत भएका छन् ।

सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको प्रमुख तीन दलका शीर्षनेताहरुको बैठकले सहमति भएका विषयहरुलाई मस्यौदा समितिमा पठाउने र मिल्न बाँकी विषयमा सहमतिको प्रस्यास जारी राख्ने सैद्धान्तिक सहमति भएको छ ।

यससँगै १० गते बस्ने संविधानसभाको बैठकले अब संविधानको मस्यौदा लेखन प्रक्रिया अघि बढाउने भएको छ ।

एमाले प्रमुख सचेतक अग्नि खरेलले भने-‘माघ ५ गते भएको सहमतिलाई मूर्तरुप दिएर मस्यौदामा पठाउने र मिल्न बाँकी विषयमा छलफल गर्दैर् जान एमाओवादी पनि सैद्धान्तिकरुपमा सहमत छ ।’

स्रोतका अनुुसार दलहरुबीच भएको सहमति अनुसार न्याय प्रणाली, निर्वाचन प्रणाली र शासकीय स्परुपबारे भएको सहमतिलाई अन्तिम रुप दिइनेछ भने संघीयताबारे छलफल जारी रहनेछ ।

न्याय प्रणालीमा अनौपचारिक सहमति भइसकेको छ । तर, निर्वाचन प्रणालीमा मिश्रति हुने भनिए पनि प्रत्यक्ष र समानुपातिकको अनुपात तय हुन बाँकी छ । साथै एमाओवादीले किसान, मजदुरका लागि प्रतिशत तोक्नुपर्ने माग गरेको छ ।

शासकीय स्वरुपमा दलहरु आ-आफ्नै अडानमा छन् । तर, संघीयतामा सहमति भयो भने एमाओवादीले फरक मत राखेर जाने बताएको छ । संघीयतामा दलहरु ६ प्रदेशमा सहमति नजिक भए पनि नामांकन र सीमांकनमा सहमति जुट्न बाँकी छ ।

मस्यौदा लेखन अघि बढाउन सैद्धान्तिक सहमति भएको स्वीकार गर्दै एमाओवादीका एक नेताले भने-‘तर, ड्राफ्ट संघीयताको विषय कसरी राख्ने भन्ने टुङ्गो लाग्न बाँकी छ ।’

यसमा तीन विकल्पमा छलफल भइरहेको छ । कांग्रेस-एमाले र एमाओवादीको दुबै प्रस्तावलाई राख्ने, एमाले अध्यक्ष केपी ओलीले प्रस्ताव गरेको जस्तो संघीय आयोगलाई दिने वा समय लिएर सहमतिको प्रयास गर्ने विकल्पहरु छन् ।

स्रोतका अनुसार कसरी मस्यौदा लेखन अगाडि बढाउने भन्ने तय गर्ने जिम्मा प्रमुख तीन दलका शीर्ष तीन नेतालाई दिइएको छ ।

प्रधानमन्त्री एवं कांग्रेस सभापति सुशील कोइरालाले आफू सोमबार नै इण्डोनेसिया भ्रमणमा जाने भएकाले उनले शेरबहादुर देउवा वा रामचन्द्र पौडेल मध्ये एकलाई जिम्मेवारी दिएर जानेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment