Comments Add Comment

बढ्दैछ विद्युतिय फोहोर, वर्षदिनमा फ्याँकियो ३ सय टन सुन

technologe
विश्वमा गएकेा वर्ष सन् २०१४ मा ४ करोड १८ लाख टन विद्युतिय फोहोर अर्थात् इ वेष्ट उत्पादन भयो । युनाइटेड नेसन्स युनिभर्सिटीका शोधकर्ताहरुले गरेको एक अनुसन्धान अनुसार यसरी उत्सर्जन हुने विद्युतिय फोहोर मध्ये ६० प्रतिशत फोहोर हाम्रो किचेन, बाथरुम तथा सफाइजन्य सामानहरु रहेका छन् । पूराना माइक्रोवेभ ओभन, बिग्रेर फ्याँकिएका वासिङ मेसिन तथा डिसवासर लगायतका घरासायी विद्युतिय सामाग्रीहरुले विश्वमा उत्सर्जन हुने विद्युतिय फोहोरको अधिकांस हिस्सा ओगटेको रिपोर्टले देखाएको छ ।

रिपोर्ट अनुसार यसरी उत्सर्जन हुने इ-वेष्ट मध्ये केवल १६ प्रतिशत मात्र उपयुक्त तरिकाले पुनप्रयोग तथा पुनचक्रण हुने गुरेको छ ।

कुन देशबाट कति उत्सर्जन ?

विश्वमा सबैभन्दा धेरै विद्युतिय फोहोर उत्सर्जन गर्ने देश अमेरिका रहेको छ । अमेरिकाले सन् २०१४ मा मात्र ७ हजार ७२ किलो टन विद्युतिय फोहोर उत्सर्जन गरेको छ । दोश्रो स्थानमा चीन रहेको छ । चीनले गत वर्ष ६ हजार ३२ किलोटन इ वेष्ट उत्सर्जन गरेको तथ्यांकले देखाएको छ । तेश्रो स्थानमा भने २ हजार २ सय किलोटन फोहोर सहित जापान रहेको छ ।

प्रतिव्यक्ति विद्युतिय फोहोर उत्सर्जनको आँकडामा युरोपेली देशहरु अगाडि रहेका छन् । नर्वेमा हरेक व्यक्तिले एक वर्षमा २८ किलो ४ सय ग्राम विद्युतिय फोहोर उत्पादन गर्ने गरेका छन् । उता अफ्रिकामा भने प्रतिव्यक्ति विद्युतिय फोहोर नगन्य रहेको छ । अपि|mकामा प्रतिव्यक्ति औषत विद्युतिय फोहोर उत्पादन प्रतिवर्ष १.७ किलोग्राम रहेको छ ।

किन बढ्दैछ विद्युतिय फोहोर ?

प्रतिवेदनले विद्युतिय फोहोरको मात्रा बढ्दै गएको र यस्तो वृद्धिको प्रमुख कारक तत्वको रुपमा घरेलु विद्यूतिय सामानहरुको लोकपि्रयता बढ्नु रहेको आँकलन गरेको छ । आधुनिक विद्युतिय सामानहरु लोकप्रिय हुने तथा कम समयमात्र टिक्ने भएकाले मानिसहरुले छिटोछिटो किन्दै फ्याँक्दै गर्नाले विद्युतिय फोहोर बढ्न गएको शोधकर्ताहरुको ठम्याइ रहेको छ ।

संयुक्त राष्ट्रसंघ विश्वविद्यालयका रेक्टर समेत रहेका राष्ट्रसंघ उपमहासचिव डेभिड मेलोनका अनुसार विद्युतिय फोहोरलाई काबुमा राख्न तथा यसबाट विद्युतिय उपकरण निर्माणमा चाहिने मूल्यवान श्रोतलाई पुनप्राप्ती गर्नमा जाड दिनु आवश्यक छ ।

विश्वव्यापी रुपमै विद्युतिय फोहोर निकै मूल्यवान सहरी खानीको रुपमा रहेको भन्दै उनले विद्युतिय फोहोरमा पुनचक्रण गर्न सकिने सम्भावना रहेका ठूलो परिमाणमा पदार्थहरु हुने बताए ।

विश्वमा गतवर्ष उत्सर्जन भएको ४ करोड १८ लाख विद्युतिय फोहोरमा १६ हजार किलोटन फलाम, १९ सय किलोटन तामाका साथै ३ सय टन सुन रहेको छ । त्यस्तै उक्त फोहोरमा पालाडियम लगायतका अन्य मूल्यवान धातु समेत रहेका शोधकर्ताको भनाइ छ । यसरी उक्त विद्युतिय फोहोरमा भएका सबै मूल्यवान श्रोतको कुल मूल्य ५२ अर्ब डलर रहेको रिपोर्टमा उल्लेख छ ।

विद्युतिय फोहोरमा अरबौँ मूल्यका श्रोत मात्र नभै निकै हानिकारक र विषाक्त पदार्थ समेत हुने गरेका छन् । विद्युतिय सामाग्रीहरुमा प्रयाग हुने सिसा लगायतका अन्य हानिकारक पदार्थहरुलाई होसियारी पूर्वक व्यवस्थापन गर्नु आवश्यक रहेको शोधकर्ताको भनाई छ । -बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment