Comments Add Comment

पानी प्रशोधनमा नेपाली वैज्ञानिकको अनुसन्धान उत्कृष्ट

११ बैशाख, काठमाडौं । विश्वका बढ्दै गएको पानी र खाद्यान्नको संकट समाधानका लागि विभिन्न २९ देशका वैज्ञानिकले प्रस्तुत गरेका ७० प्रविधिमध्ये नेपाली वैज्ञानिक एमपी भट्ट (मायाप्रसाद)को टोलीले प्रस्तुत गरेको प्रविधि उत्कृष्ट तीनमा परेको छ ।drinking water

अमेरिका, स्वीडेन र नेदरल्यान्डको संयुक्त आयोजनामा पानी र खाद्यान्नको समस्या समाधानका लागि आधुनिक प्रविधिको विकास गर्न विश्वभरका बैज्ञानिकबाट प्रस्ताव आह्वा गरिएको थियो । गत चैत २६ देखि २८ सम्म अमेरिकाको न्यु मेक्सिकोमा भएको प्रतिस्पर्धामा उत्कृष्ठ ठहरिएको प्रविधिलाई आयोजकले डिसेलिनेसन पुरस्कार प्रदान गर्ने गोरखापत्रमा खबर छ ।

नेपाली वैज्ञानिक डा. भट्टको टोलीमा संयुक्त राज्य अमेरिका, जोर्डन, इजरायल र ब्राजिलका वैज्ञानिक संलग्न छन् । उत्कृष्ट ठहरिएका अरु तीन टोली अमेरिका भित्रैका छन् । डा. भट्ट एसियन एसोसिएसन अफ टेक्नोलोजी एन्ड मेनेजमेन्ट (एआईटीएम) का फ्याकल्टी तथा अनुसन्धान संयोजक एवं युनिभर्सिटी अफ नर्थ टेक्सासका रिसर्च स्कलरसमेत हुन्  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment