Comments Add Comment

रणवीरले भने-‘आउनुहोस्, हाम्रो छिमेकीको आँशु पुछौं”(भिडियो)

ranbir-kapoor
नेपालमा शनिबार आएको महाभूकम्पले हजारौं मानिसको ज्यान लिएको छ भने लाखौं मानिस विस्थापित भएका छन् । यो महाविपत्तीमा विश्वभरबाट सहयोग र प्रार्थना सुनिएका छन् ।

बलिउडका कलाकार पनि अहिले नेपालीलाई सहयोग गर्नका लागि लागिपरेका छन् । बलिउडका चर्चित नायक रणवीर कपुरले युट्युबमा एक सन्देश दिदै नेपालीलाई सहयोग गर्न आग्रह गरेका छन् ।

उनले एक छिमेकी नै अर्को छिमेकीलाई आवश्यक पर्ने भन्दै सहयोग गर्न आग्रह गरेका हुन् । स्टार नेटवर्क र केयर इन्डियाले सुरु गरेको सहयोग अभियानमा हातेमालो गर्न रणवीरले आग्रह गरेका हुन् । उनले भनेका छन्-‘आउनुहोस्, हाम्रो छिमेकीको आँशु पुछौ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment