Comments Add Comment

भूकम्पमा परी ५७ पर्यटकको मृत्यू, ५२ जना घाइते (सूचीसहित)

Sagarmatha Tourst Bhukampa
२० वैशाख, काठमाडौं । गत शनिबार गएको विनाशकारी महाभूकम्पमा परेर विभिन्न देशका ५७ जना पर्यटकले ज्यान गुमाएका छन । यो आइतबार साँझसम्म प्राप्त तथ्यांक हो ।

मृतक पर्यटकमध्ये ३२ जना पुरुष रहेका छन भने २५ जना महिला रहेका छन् । उनीहरुको सगरमाथा बेसक्याम्प, खुम्बु, लाङटाङ लगायतका विभिन्न स्थानमा भूकम्पमा परी मृत्यू भएको हो ।

सगरमाथा बेसक्याम्पमा हिमपहिरो गएर ४ जना आरोहीको मृत्यू भएको थियो । त्यतिबेला १८ जना नेपाली गाइड परेका थिए ।

पर्यटक सूचना समन्वय केन्द्रले आइतबार सार्वजनिक गरेको तथ्यांकमा ५२ जना पर्यटक भूकम्पमा परी घाइते भएका छन् । जसमध्ये २४ जना पुरुष रहेका छन भने २२ जना महिला रहेका छन् । लिंग पहिचान हुन नसकेका घाइतेको संख्या ६ रहेको छ ।

आइतबार साँझसम्मको तथ्यांकअनुसार महाभूकम्पको प्रत्यक्ष १०९ जना विदेशी पर्यटक परेका छन् । अझै तथ्यांक संकलन गर्ने क्रम जारी रहेको हुँदा थपिने सम्भावना पनि बढी नै रहेको छ ।

भूकम्प आएपछि विभिन्न क्षेत्रमा १०९ जना पर्यटक हराइरहेको केन्द्रले जनाएको छ । उनीहरु अहिलेसम्म कसैको पनि सम्पर्कमा आएका छैनन् ।

हराउने पर्यटकमध्ये ३५ जना पुरुष रहेका छन भने ३१ जना महिला रहेका छन् । महिला पुरुष थाहा हुन नसकेका ४३ जना रहेका छन् । यी पर्यटकहरुको खोजी कार्य जारी रहेको पर्यटन बोर्डका मिडिया कन्सल्ट्यान्ट शरद प्रधानले जानकारी दिए ।

Sagarmatha-Tourist-Bhukampa-final

केन्द्रले सार्वजनिक गरेको संख्याभन्दा निकै धेरै विदेशी हराइरहेको विभिन्न मुलुकले बताउँदै आएका छन् । अन्तराष्ट्रिय सञ्चार माध्यम आरटिई न्यूजले नेपालमा भूकम्पबाट १ हजार जना युरोपेलीहरु हराइरहेको र १२ जनाले ज्यान गुमाएको उल्लेख गरेको छ । अमेरिकाले पनि थुप्रै नागिरक हराएको बताएको छ ।

हराएका विदेशी नागरिकहरूको वास्तविकता खोज्न पर्यटन विभागका महानिर्देशक तुलसीप्रसाद गौतमको संयोजकत्वमा शनिबार १२ सदस्यीय ‘पर्यटक सूचना समन्वय केन्द्र’ स्थापना गरिएको थियो । केन्द्रमा पर्यटन क्षेत्रका विभिन्न संघसंस्थाहरुलाई सहभागी गराइएको छ ।

अध्यागमन विभाग, पर्यटन सम्द्ध निकायहरु नेपाल पर्वतारोहण संघ, ट्रेकिङ एजेन्सीज एशोसियसन अफ नेपाल, नेपाल एशोसियसन अफ टुर्स एन्ड ट्राभल एजेन्स, नेपाल होटल संघ, नेपाल पर्यटन बोर्ड, पर्यटक प्रहरी ईकाइ लगायतका प्रतिनिधिहरुको केन्द्रमा सहभागिता रहेको छ ।

भूकम्पले पर्यटकीय क्षेत्रमा पुर्याएको प्रभावको सन्दर्भमा सूचना व्यवस्थित गरी सहयोग पुर्याउन केन्द्र स्थापना गरिएको हो । केन्द्रले मुलुकभरी रहेका विदेशी पर्यटकहरुको सूचना संकलन गरी पर्यटकहरुको अवस्थाको वारेमा सूचना प्रवाह गर्ने र आवश्यकता अनुसार सम्बन्धित निकायमा उद्दारका लागि अनुरोध गर्नेछ ।

बिदेशी पर्यटकको अवस्थाको वारेमा जानकारी प्राप्त गर्नेलाई सूचना उपलव्ध गराउन प्रहरी निरिक्षक रुकेश तण्डुकारलाई टोल फ्रि नम्बर ११४४ र पर्यटन बोर्डका शरद प्रधानलाई ९८५१०७७३८५ गर्न आग्रह गरिएको छ ।

केन्द्रले आइतबार सार्वजनिक गरेको पर्यटकको अवस्था 

Toursit-Ded-and-Missing

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment