Comments Add Comment

चेल्सी चौथोपटक इङ्लिस प्रिमियर लिगको उपाधि जित्न सफल

२० वैशाख, काठमाडौं । क्रिस्टल प्यालेसबिरुद्ध १-० को सहज जित निकाल्दै चेल्सीले चौथोपटक इङलिस प्रिमियर लिग जितेको छ । आइतबार घरेलु मैदान स्टामफोर्ड ब्रिजमा इडेन हार्डाजले ४५ औं मिनेटमा गोल गर्दै चेल्सिलाई लिगको उपाधि जिताए ।

chelsea_title3_reutersत्यसअघि उनी ४४ औं मिनेटमा पेनाल्टिमा गोल गर्न चुकेका थिए ।

सन् १९५४-५५ को सिजनमा पहिलोपटक उपाधि जितेको चेल्सीले पछिल्लो पटक २००९-१० को सिजनमा पनि उपाधि जितेको थियो ।

सन् २००४-००७ सम्म चेल्सीको मुख्य प्रशिक्षकको पद सम्हालेका जोसे माउरिन्होको प्रशिक्षणमा यो पहिलो प्रिमियर लिग उपाधी हो । माउरिन्हो सन् २०१३ मा इङलिस क्लब फर्केका थिए ।

३ खेल अघि नै चेल्सीले उपाधी जितेको छ । उसको ३५ खेलबाट ८३ अंक भएको छ । दोस्रो स्थानमा रहेको म्यान्चेस्टर सिटीको ३४ खेलबाट ६७ अंक छ ।

तस्वीर : एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment