Comments Add Comment

भ्याटको विवरण बुझाउने म्याद थप्न चेम्बरको आग्रह

२१ वैशाख, काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले मूल्य अभिवृद्धि करको विवरण बुझाउने म्याद एक महिना थप गर्न आन्तरिक राजश्व विभागसँग आग्रह गरेको छ ।

व्यवसायीले प्रत्येक महिनाको २५ गतेभित्र भ्याटको विवरण बुझाउनुपर्ने हुन्छ । विनाशकारी भूकम्पले अधिकांश उद्योग व्यवसाय अवरुद्ध भएको तथा भर्खरै खुल्ने क्रम जारी रहेको बताउँदै चेम्बरले म्याद बढाउन आग्रह गरेको हो ।

विपत्तिका कारण भन्सार नाकाबाट सामान छुटाउन नसकेका कारण उद्यमी व्यवसायीहरुले ठूलो मात्रमा डेमरेज शुल्क तिर्नुपर्ने अवस्था सिर्जना भएको छ । चेम्वरले विपत्तिका कारण सिर्जना भएका यस्ता अतिरिक्त आर्थिक भार छुट तथा मिनाह गर्न पनि सरकारसँग आग्रह गरेको छ ।

चेम्वरले भूकम्प पिडितहरुलाई चेम्वर भवन परिसरबाट र आवश्यक क्षेत्रमै गई राहत वितरण गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment