Comments Add Comment

सोमबार मात्रै नौ पटक भूकम्पको धक्का महसुस

२१ वैशाख, काठमाडौं । सोमबार दिनभर पटक पटक भूकम्पको धक्का महसुस भएको छ । भूकम्प मापन केन्द्रका अनुसार दिनभरिमा नौ पटक भूकम्पको धक्का महसुस गरिएको छ ।

 पछिल्लो पटक साँझ ५.२४ मा काठमाडौँ–नुवाकोटको सीमा नजिक ३.८ रिक्टर स्केलको भूकम्प गएको छ । काठमाडौँ नजिक केन्द्रबिन्दु रहेका कारण राजधानीमा भूकम्पको गतिलो धक्का महसुस गरिएको हो ।

तीन रिक्टर स्केलभन्दा कम क्षमताको भूकम्प दर्जनौं पटक गएको जानकारी दिँदै केन्द्रका प्राविधिक उमेशप्रसाद गौतमले पछिल्ला पराकम्पनले खासै क्षति नगर्ने भएकाले नआत्तिन आग्रह गरे ।

केन्द्रका अनुसार आज गएका धेरै भूकम्पको केन्द्रबिन्दु नुवाकोट रहेको छ । सोमबार दिउँसो ३.४० मा सिन्धुपाल्चोकलाई केन्द्रबिन्दु बनाएर ४.४ रिक्टर स्केलको भूकम्प गएको थियो ।

यसअघि बिहान ४.५४ देखि साँझ ५.२५ सम्म दोलखा, गोरखा र  नुवाकोटमा चार पटक र नुवाकोट र रसुवालाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको हो  । सोमबार बिहान ४.५४ मा सिन्धुपाल्चोकलाई केन्द्रबिन्दु बनाएर ४.२ रिक्टर स्केलको भूकम्प गएको थियो । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment