Comments Add Comment

परराष्ट्रमन्त्री पाण्डेको निर्देशन भारतीय सेनाले मानेन

२२ वैशाख, काठमाडौं । परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेले सोमबार परराष्ट्र मन्त्रालयमा कूटनीतिक नियोगका अधिकारीहरुलाई बोलाएर उद्दार टोलीहरुलाई स्वदेश फर्कन आग्रह गरे । तर, भारतीय सेनाको टोलीले भने परराष्ट्रमन्त्रीको आदेशलाई अटेर गर्दै त्रिभुवन विमानस्थल नछाड्ने संकेत दिएको छ ।

त्रिभुवन विमानस्थलमा भारतीय उद्दार टोली । तस्वीर स्रोतः एपी
त्रिभुवन विमानस्थलमा भारतीय उद्दार टोली । तस्वीर स्रोतः एपी

भारतीय सेनाका मेजर जनरल जे.एस. सन्धु यतिबेला त्रिभुवन विमानस्थलमा क्याम्प बनाएर बसेका छन् । परराष्ट्रमन्त्री पाण्डेले उद्दारको काम सकिएको र बाँकी काम नेपाली सेनाले गर्छ भनेकै दिन सोमबार मेजर जनरल सन्धु विमानस्थलबाटै नेपाली मिडियालाई अन्तरवार्ता दिँदै थिए । सन्धुले अब भारतीय हेलिकोप्टरहरु राहत वितरण कार्यमा खटिन थालेको बताएर मन्त्री पाण्डेको आदेशलाई चुनौती दिएका छन् ।

सन्धुले सार्वजनिक गरेको जानकारीअनुसार भारतले यतिबेला नेपालमा १३ वटा हेलिकोप्टर, २८ वटा मेडिकल टीम र १४१५ जना उद्धारकर्मी (सेना) खटाएको छ । ६ वटा हेलिकोप्टर काठमाडौंमा र ७ वटा पोखरा विमानस्थलमा रहेको उनले बताएका छन् ।

भारतीय सेनाको टोलीले नेपाली सेनाको अनुमतिमा काम गरिरहेको सन्धुको भनाइ छ । सरकारले जतिञ्जेल बस भन्छ, त्यतिबेलासम्म बस्छौं भने पनि परराष्ट्रमन्त्रीले निर्देशन दिइसक्दासमेत भारतीय सेनाका अधिकारीले विमानस्थल नछाड्ने स्पष्ट संकेत दिएका छन् ।यसका लागि भारतीय सेनाले नेपाली सेनाका अधिकारीसँग समन्यव गर्ने र राहत वितरणमा खटिने तर्क अघि सारेका छन् ।

नेपाल छिरेपछि फर्कनै मुस्किल

दैवी विपत्ति परेका बेला नेपालमा प्रवेश गरेका भारतीयहरु नफर्कने र नेपालमै अड्डा जमाएर बस्ने गरेको दृष्टान्त विगतमा पनि छ । सप्तकोशी नदीमा बाढी आएका बेला यस्तै घटना भइसकेको छ ।

Indin-army

बाढीले कोशीनदीको पुल अवरुद्ध भएपछि भारतीय भूमि भएर काठामाडौं आउने-जाने यात्रीको चेकजाँचका लागि सुनसरीमा भारतीय टोली आएको थियो । तर, बाढीको प्रकोप सकिएपछि उक्त भारतीय टोलीले बिराटनगरमा अड्डा जमायो ।

पराराष्ट्र मन्त्रालयले हट्न निर्देशन दिँदा पनि अहिले त्यो टोलीले बिराटनगर छाडेको छैन । त्यसमा अझ ठूलो जनशक्ति थपेर नेपाल सरकारको अनुमतिविनै बिराटनगरमा बसिरहेको छ ।

तत्कालीन परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले तत्कालै हट्न आदेश दिँदा पनि बिराटनगरमा अबैधानिकरुपमा बसेको भारतीय क्याम्प अफिस अहिलेसम्म हटेको छैन । अझ यसलाई तारबेरा गरेर बलियो फोर्टिफिकेसन बनाइएको छ ।

हेर्नुहोस् तस्वीर

Indain-Camp-at-Biratnagar-

प्राकृतिक विपतमा सघाउने बाहनामा नेपाल पसेको भारतीय कर्मचारीतन्त्रले बिराटनगरमै बसेर अहिले पूर्वी नेपालमा ताप्लेजुङको ओलाङचुङ गोलासम्म चिनियाँ गतिविधिको जासुसी गर्दै आएको पूर्वी नेपालका स्थानीय अधिकारीहरु बताउँछन् । आफूहरु भारतीय दबदबाबाट दिक्क भएको तर, केही गर्न नसकिएको गुनासो जिल्लाका सरकारी अधिकारीहरुको छ ।

विमानस्थलको दाऊ

नेपालको एकमात्र अन्तरराष्ट्रिय विमानस्थलमा सुरक्षा फोर्स राख्न पाउनुपर्ने भारतीयहरुको माग धेरै पुरानो हो । नेपालबाट इण्डियन विमान अपरहण भएदेखि नै भारतीयहरुले यस्तो माग गर्दै आएका थिए ।

साथै विमानस्थलको स्तरवृद्धिको परियोजनामा पनि भारतीयहरुले जोड गर्दै आएका थिए ।

पोखरा विमानस्थलको परियोजना पनि चिनियाँलाई दिन नहुने र आफूले पाउनुपर्ने भारतीयले बताउँदै आएका थिए ।

Indin-army

यस्तो अवस्थामा भूकम्पको बाहनामा अन्तरराष्ट्रिय विमानस्थलमा क्याम्प बनाएर बसेको भारतीय सेनाको फोर्स परराष्ट्रमन्त्रीको आदेशका भरमा सरक्क फिर्ता हुनेमा केही सरकारी अधिकारीहरुले नै सहजै पत्याएका छैनन् ।

नेपाल सरकारले जा भनेको अवस्थामा उनीहरु नेपाली सेनालाई देखाउँदै नेपाल नछाड्ने मानसिकतामा रहेको स्रोतहरुको दाबी छ । नेपाली सेना र सरकारवीच समन्वयको अभाव देखिएको छ, जसको फाइदा भारतीयले उठाउन सक्ने सुनौलो अवसर उनीहरुले प्राप्त गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment