Comments Add Comment

राष्ट्रिय मानव अधिकार आयोगको भवनमा रातो स्टिकर

२२ वैशाख, काठमाडौं । विनाशकारी भूकम्पले ललितपुर पुल्चोकस्थित राष्ट्रिय मानव अधिकार आयोगको भवन क्षतिग्रस्त बनेको छ ।

NHRCविनासकारी भूकम्पका कारण क्षतिग्रस्त भएको भवनहरू जुनसुकै अवस्थामा भत्कन सक्ने भन्दै भवन विभाग तथा सुरक्षा निकायका प्राविधिकहरूले रातो स्टिकर टाँसेको छन् ।

भूकम्पपछि आयोगको दैनिक कामकाज शिशु स्याहार कक्षबाट संचालन भइरहेको छ । राष्ट्रिय न्यायिक प्रतिष्ठान, निजामती कितावखाना तथा नेपाल राष्ट्रिय पुस्तकालयका कामकाज ठप्प भएको स्थिति छ ।

मावन अधिकार आयोगसहितका कार्यालयको मंगलबार बसेको बैठकले भवनको लागि तत्कालिन र दीर्घकालिन व्यवस्थापन गर्न सरकारलाई आग्रह गरेको छ ।

कार्यालयको भवन भित्र सहजै जान सक्ने अवस्था नरहेको हुँदा सम्पूर्ण सामान, महत्वपूर्ण पुस्तक लगायतका दस्तावेजहरू सुरक्षित रूपमा बाहिर निकाल्ने र व्यवस्थित रुपमा राख्ने व्यवस्था मिलाइदिन पनि आयोगले आग्रह गरेको छ ।

आयोग, राष्ट्रिय न्यायिक प्रतिष्ठान, निजामती कितावखाना तथा नेपाल राष्ट्रिय पुस्तकालयको भवन रहेको हरिहर भवनलाई तत्कालै निर्माण गरी सोही स्थानमा सबै कार्यालयहरुलाई पुग्ने गरी नयाँ भवन पुनर्निर्माणका लागि कार्य गर्न पनि आयोगले सरकारको ध्यानाकर्षण गराएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment