Comments Add Comment

कलाकार महोदय ! राहतका नाममा विदेशमा रमिते नबन्नुहोस् !

yatna-karki
एक मुठ्ठी श्वासका लागि कसैको अगाडि भिख नमाग्ने जनता हुन् नेपाली । आफ्नै बलले आफूलाई सिर्जित गर्न सक्ने र उभ्याउने साहस छ नेपालीमा । यसैले, नेपालीहरु गरिब होलान्, तर आफ्नो इज्जत बेच्दैनन् । स्वाभिमानी छन्, सडकमा मागेर हिँड्दैनन् ।

अहिले महाभूकम्पका कारण नेपालीको शरीर दुखेको छ, तर हिम्मत हारेको छैन । धरहरा भाँच्चिएको छ, तर साहस ढलेको छैन । महाभूकम्प आएपछि विश्वबाट नै सहयोगका राशी आइरहेका छन् । तर, महाभूकम्पको रकम संकलन गर्ने र राहत वितरण गर्ने नाममा चर्चाको लोभ पनि देखिएको छ ।

अमेरिकामा बस्ने केही नेपाली कलाकारले राहतका नाममा सडकमा हात फैलाए । भलै, उनीहरुले सहयोगका लागि हात फैलाउँदा रकम पनि जुट्यो होला । तर, त्यसले नेपालीको इज्जत र सम्मान कहाँ पुग्यो, त्यो सोच्ने कि नसोच्ने ?
ranjana-sharmaनेपालीसँग खानका लागि १ डलर पनि छैन, नेपालीहरु गरिब छन् भन्ने सन्देश विश्वसामु किन छर्दैछौं हामी ? बाकस बोकेर सडकमा आउनु पहिले के कुनै कलाकारले १ रुपैयाा गोजीबाट झिके ? अरुसँग हात फैलाउनु अघि हामीले आफैले आफ्नो गोजीबाट कटाएर कति रकम सहयोग गर्‍यौं त ?

आजसम्म हेर्ने हो भने विश्वमा बस्ने कुनै पनि नेपाली कलाकारले आफ्नै गोजीबाट १ डलर निकालेका छैनन् । अरुले गरेको सहयोगलाई यति गरे र उती गरे भनेर प्रचारवाजी मात्र गरिरहेका छन् ।

हो, नेपालीलाई यतिबेला सहयोग चाहिएको छ । तर, सहयोग माग्ने नाममा आफ्नो स्वाभिमान नबेचौं । नेपालीसँग पैसा छैन भन्ने भ्रम विश्वलाई नछरौं । नेपालीहरु यस्ता विपत्तमा खान नपाएर भोक भोकै मर्दा रहेछन् भन्ने सन्देश के हाम्रो स्वाभिमानका लागि स्वीकार्य छ र ?

बरु कुनै कार्यक्रम गर्नुहोस्, रेष्टुरेन्ट वा हलमा मानिसहरुलाई कुनै न कुनै तवरले आकर्षित गरेर रकम संकलन गर्नुहोस् । तर, विश्वका विभिन्न सडकमा बाकस बोकेर रमिते नबन्नुहोस् । पहिले आफूले के दिएँ भन्ने सोच्नुहोस् । देशलाई मगन्ते नबनाउनोस् ।

राहतका नाममा सेल्फीको मोह र प्रचार
विदेशमा बस्ने कलाकारका कुरा छाडौं, नेपालमा पनि केही चलचित्रकर्मी राहतका नाममा सस्तो लोकप्रियता खोजिरहेका छन् । चाउचाउ बाँडेका र चिउरा दिएका तस्बिर फेसबुकमा पोष्ट गरेर ‘गुड जब’को कमेन्ट खोजिरहेका छन् ।

केही चलचित्रकर्मी दिन रात नभनी राहत वितरण र सहयोगमा जुटेका पनि छन् । ती चलचित्रकर्मीको कामलाई तारिफ गर्नैपर्छ । तर, केहीलाई भने सेल्फी खिचेर फेसबुकमा हाल्ने मोहले छोएको छ । अहिले चलचित्र क्षेत्रमा यो विषयमा आलोचना पनि सुरु भएको छ ।

यस्तै, राहत वितरणका लागि चलचित्रको नाम जोडेर मिडियामा प्रचार गर्नेहरु पनि देखिएका छन् । यो समय सहानुभूतिको हो, प्रचारको होइन ।

तपाईले वितरण गरेको राहत कसैका लागि ठूलो सहयोग हुनसक्छ, तर, त्यसमा चलचित्रको नाम र प्रचारको आशा गर्नु के सही होला ?

कुन चलचित्रकर्मीले गोजीबाट कति निकाले ?
नेपालमा एउटा चलचित्रबाट ५ लाखसम्म लिने कलाकार पनि छन् । एउटै चलचित्र निर्देशन गरेको महंगो पारिश्रमिक लिने चलचित्रकर्मी पनि छन् । एउटै चलचित्रबाट करोड कमाएको कुरा गर्ने निर्माता पनि छन् ।

तर, कुनै पनि चलचित्रकर्मीले आजका दिनसम्म एक रुपैयाँ आफ्नो गोजीबाट निकालेका छैनन् । अरुले दिएको राहतलाई वितरण मात्र गर्ने कि अब आफूले पनि सहयोगका लागि मन कमलो बनाउने ? हामी सामान्य रकम सहयोग गर्न नसक्ने कोही पनि छैनौं ?

चलचित्रकर्मी, पत्रकारका घर ध्वस्त भएका छन् । उनीहरुको पनि बस्ने बास, खाने गास काटिएको छ । अब, यो रकम पनि अरुसँग हात फैलाएर माग्नुभन्दा आफूबाट नै निकाल्ने हो कि ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment