Comments Add Comment

नेपाललाई दिने सहयोग दोब्बर पार्न अमेरिकी पूर्व राष्ट्रपतिको आह्वान

२२ वैशाख, काठमाडौँ । अमेरिकी पूर्व राष्ट्रपति जिम्मी कार्टनरले विनाशकारी भूकम्प प्रभावित नेपाललाई सहयोग दोब्बर पार्न र दीर्घकालीन सहायताका लागि स्पष्ट योजना विकास गर्न अन्तराष्ट्रिय समुदायलाई आह्वान गरेका छन् ।

jimmy-carterकार्टरले भूकम्पबाट क्षतिग्रस्त भएको राष्ट्रको पुनर्निर्माणको कार्यमा सफलता हात पार्नका लागि नेपालका राजनीतिक दललाई आपसमा मिलेर काम गर्न तथा राजनीतिक मतभिन्नता हटाउन समेत आग्रह गरेका छन् ।

भुकम्पबाट क्षति व्यहोरोको नेपालमा तत्कालिन मानवीय आवश्यकता पूर्तिका साथै दीर्घकालीन पुनर्निमाणका लागि अन्तराष्ट्रिय समुदायको दीगो साथ आवश्यक रहेको कार्टरले उल्लेख गरेका छन् ।

कार्टरले आगामी नोभेम्बरमा नेपालको भ्रमण गरी सुरक्षित आवास सम्बन्धि आफ्नो अभियानलाई निरन्तरता दिने समेत कार्टर सेन्टरद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment