Comments Add Comment

एमालेसँगको झडपमा तरूण दल कार्यकर्ताको मृत्यु

२८ वैशाख, डोल्पा । डोल्पामा एमाले कार्यकर्तासँगको झडपमा तरुणदल कार्यकर्ताको मृत्यु भएको छ । कालिका गाविसको त्रिवेणी कालिका सडक निर्माणमा उपभोक्ता र सडक खन्ने गाउँले कामदारबीच झडप भएको थियो ।

झडपमा कालिका गाविस-८ तरुण दल कार्यकर्ता गोकर्ण सिंह ठकुरीको मृत्यु भएको हो । त्रिवेणी कालिका सडकखण्डको कालिका भन्ने ठाउँमा सबैले काम गर्न पाउनुपर्छ भन्ने गाउँले र काम गर्न पाइन्न भन्ने उपभोक्ता समितिका सदस्यबीच विवाद भएको थियो । सोही विवादमा उपभोक्ता समितिका तर्फबाट प्रहार गरिएको ढुंगा लागेर ठकुरीको घटनास्थलमा मृत्यु भएको हो ।

सडक निर्माणका लागि उपभोक्ता समिति गठन गर्दा नै नेपाली काँग्रेस र नेकपा एमालेका गाविसस्तरीय कार्यकर्ताबीच विवाद भएको थियो । यो घटना हुनुमा पनि सोही विवाद नै प्रमुख कारण भएको प्रारम्भिक अनुसन्धानमा पाइएको प्रहरी स्रोतले जनाएको छ ।

नेपाली काँग्रेस डोल्पाका सभापति टंकप्रसाद उपाध्यायले सोमबार विज्ञप्ति निकालेर दोषीमाथि कडा कारबाही गर्न माग गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment