+
+
Shares

गैरआवासीय नेपाली संघले थप जिल्लाहरुमा राहत वितरण गर्ने

अनलाइनखबर अनलाइनखबर
२०७२ वैशाख ३० गते १२:३४

३० वैशाख, काठमाडौं । पहिलो चरणको राहत वितरण सकिनै लाग्दा मंगलबार पुनः दोस्रोपटक ठूलो भूकम्प गएपछि गैरआवासीय नेपाली संघले राहत वितरण अभियानलाई अन्य जिल्लामा पनि विस्तार गर्ने भएको छ ।

NRN

पहिलो चरणमा ९ जिल्लाका १० हजार परिवारलाई राहत वितरण गरेको गैरआवासीय नेपाली संघले मंगलबारको भूकम्पबाट धेरै क्षति भएका जिल्लाहरुमा राहत वितरण गर्ने तयारी गर्दै छ ।

‘हामी अहिले पनि छलफल गरिरहेका छौं, साँझसम्म थप जिल्लामा आपतकालिन राहतको वितरण गर्नेबारे निर्णय गर्छौं,’ गैरआवासीय नेपाली संघका अध्यक्ष शेष घलेले अनलाइनखबरसँग भने ।

घलेका अनुसार मंगलबारको भूकम्पबाट क्षति पुगेका दोलखा, सोलुखुम्बु, सिन्धुली, रामेछाप लगायतका जिल्लामा भएको क्षतिबारे विवरण संकलन भइरहेको छ ।

‘हामीले पहिलो चरणको राहत वितरण सकेर दोस्रो चरणमा घर निर्माण गर्ने तयारीमा लागिसकेका थियौं’ घलेले भने, ‘दुर्भाग्यवस फेरि मंगलबार ठूलो भूकम्प आयो, जसले गर्दा हामीले थप जिल्लामा पनि राहत वितरण गर्नुपर्ने अबस्था आयो, हामी यो बिपतमा अझै पनि राहतमा फोकस गर्ने तयारी गर्दै छौं ।’

उनका अनुसार गैरआवासीय नेपाली संघको टोली पहिलो चरणको राहत वितरणका लागि मंगलबार दोलखाको चरिकोट पुगेको थियो ।

त्यहाँको मार्गपुरामा राहत वितरण गर्दैगर्दा नयाँ भूकम्प आएपछि अहिले गैरआवासीय नेपाली संघको स्वयंसेवी टोली दोलखामै अलपत्र परेको छ । सडकमार्ग अबरुद्ध भएकाले एनआरएन स्वयंसेवी टोलीलाई उद्दार गरी काठमाडौं ल्याउने तयारी भइरहेको घलेले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?