+
+
Shares

प्युठानमा रास्वपाका सुशान्त वैदिक विजयी, सूर्य थापा तेस्रो

प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत प्युठानमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सुशान्त वैदिक विजयी भएका छन्। शनिबार बिहान सम्पन्न अन्तिम मतगणना अनुसार उनले २७ हजार ४६९ मत प्राप्त गर्दै जीत हात पारेका हुन्।

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन २३ गते १९:३०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • प्युठानमा राष्ट्रिय स्वतन्त्र पार्टीका सुशान्त वैदिकले २७ हजार ४६९ मत प्राप्त गरी प्रतिनिधिसभा सदस्य निर्वाचनमा विजयी भएका छन्।
  • नेपाली कांग्रेसका प्रा.डा. गोविन्दराज पोखरेलले १८ हजार ३३८ मत ल्याएर दोस्रो स्थान हासिल गरेका छन्।
  • जिल्लामा कुल १ लाख ६५ हजार ४०६ मतदाता मध्ये ८४ हजार ४३३ मत खसेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

२३ फागुन, प्युठान । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत प्युठानमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वप)का सुशान्त वैदिक विजयी भएका छन्। शनिबार सम्पन्न अन्तिम मतगणना अनुसार उनले २७ हजार ४६९ मत प्राप्त गर्दै जित हात पारेका हुन्।

उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका प्रा.डा. गोविन्दराज पोखरेलले १८ हजार ३३८ मत ल्याए। नेकपा एमालेका सूर्य थापाले १६ हजार ७१० मतसहित तेस्रो स्थान हासिल गर्दा नेपाल कम्युनिस्ट पार्टीका कृष्णध्वज खड्काले ९ हजार ७४ मत प्राप्त गर्दै चौथो स्थानमा रहे।

त्यसैगरी राष्ट्रिय जनमोर्चाका तिलक बहादुर जिसीले ७ हजार ६५४ मत ल्याएर पाँचौं स्थानमा रहे।

जिल्लामा कुल १ लाख ६५ हजार ४०६ मतदाता रहेकामा ८४ हजार ४३३ मत खसेको थियो। जसमध्ये ८१ हजार १४६ मत सदर र ३ हजार २८७ मत बदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
सामानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?