+
+
Shares

प्युठानमा रास्वपाका वैदिकको सुरुवाती अग्रता

एमालेका सूर्य थापा भने ६९ मतसहित पाँचौ स्थानमा छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन २२ गते १२:४२

२२ फागुन, प्युठान । प्युठानमा जारी मतगणनाको पहिलो अपडेटमा राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सुशान्त वैदिकले अग्रता लिएका छन् । ऐरावती गाउँपालिकाको एक हजार ६४० मत गणना हुँदा ५०५ मतसहित वैदिकले सुरुवाती अग्रता लिएका हुन् ।

दोस्रोमा नेपाली कांग्रेसका डा. गोविन्द पोखरेल छन् । उनले ४६६ मत पाएका छन् । तेस्रोमा भने १३४ मतसहित राष्ट्रिय जनमोर्चाका तिलकबहादुर जिसी छन् ।

नेकपा एमालेका सूर्य थापा भने ६९ मतसहित पाँचौ स्थानमा छन् । उनीभन्दा अघि १०८ मतसहित नेपाली कम्युनिस्ट पार्टीका कृष्णध्वज खड्का चौथो स्थानमा देखिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?