+
+
Shares

प्युठानमा रास्वपाको चुनावी सभामा हिंडेको पिक अप भ्यान दुर्घटना

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन १६ गते १४:२३

१६ फागुन, प्युठान । राष्टिय स्वतन्त्र पार्टीको चुनावी प्रचारमा प्रयोग भएको गाडी दुर्घटना हुँदा प्यूठानमा चार जना घाइते भएका छन् ।

प्यूठान नगरपालिका बाग्दुला नजिकै दुर्घटना भएको हो ।

लु १ च ७७६९ नम्बरको जिपले मोटरसाइकल र स्कुटरलाई ठक्कर दिँदा दुर्घटना भएको हो ।

घाइते हुनेहरूमा मोटरसाइकल चालक प्यूठान नगरपालिका–५ जुम्रीकाँडाका २० वर्षीय जीवन बिश्वकर्मा र मोटरसाइकलमा सवार सोही ठाउँ निवासी २१ वर्षीय रेशम खड्का रहेका छन् ।

दुर्घटनामा स्कुटर चालक लमही नगरपालिका–६ देउपुर दाङ बस्ने वर्ष २६ का दिपक पोख्रेल र स्कुटरमा सवार पोख्रेलकी श्रीमती वर्ष २५ कि सुजता भण्डारी घाईते भएका हुन् ।

घाइतेहरूको जिल्ला अस्पतालमा उपचार भैरहेको छ ।

यद्यपि रास्वपाले उक्त गाडी आफ्नो प्रचार प्रसारमा प्रयोग नभएको बताएको छ ।

जिल्ला कमिटीले एक विज्ञप्ति जारी गर्दै उक्त गाडीमा पोस्टरमात्रै टांगिएको र आफ्नो प्रचारमा नभएको बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?