+
+
Shares

प्युठानमा जेनजी स्मृति टावर निर्माण

युद्ध पर्यटकीय स्थलका रूपमा विकास गरिँदै आएको उक्त स्थानमा भदौ २३ र २४ गते परिवर्तनको पक्षमा लडेका युवाहरूको प्रतीकका रूपमा निर्माण गरिएको टावरमा रगतले लतपतिएको जुत्ता र ‘इन्कलाव मुठ्ठी’ राखिएको छ ।

सलिम मियाँ सलिम मियाँ
२०८२ माघ २८ गते ९:४७

२८ माघ, प्युठान । प्युठानमा ‘जेनजी स्मृति टावर’ निर्माण गरिएको छ । प्युठान नगरपालिका–३ विजयनगरको दैलेसिमलमा जेनजी आन्दोलनको सम्मानमा जेनजी स्मृति टावर निर्माण गरिएको हो ।

युद्ध पर्यटकीय स्थलका रूपमा विकास गरिँदै आएको उक्त स्थानमा भदौ २३ र २४ गते परिवर्तनको पक्षमा लडेका युवाहरूको प्रतीकका रूपमा निर्माण गरिएको टावरमा रगतले लतपतिएको जुत्ता र ‘इन्कलाव मुठ्ठी’ राखिएको छ । यस्तै राष्ट्रिय झन्डाको प्रतीमा पनि स्थापना गरिएको छ ।

प्युठान नगरपालिका–३ वडाध्यक्ष सुमनराज श्रेष्ठले दैलेसिमललाई युद्ध पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न प्रयास गरिरहेको बताउँदै त्यहाँ जेनजी आन्दोलनको पनि सम्मानमा टावर स्थापना गरिएको बताए ।

दैलेसिमलमा १० वर्षे सशस्त्र द्वन्द्वका क्रममा नगरभित्र मृत्यु भएका अन्य जिल्लाका पाँच जना र प्युठान नगरपालिकाभित्रका १४ जनाको सम्झनामा त्यहाँ बलिदान स्तम्भ पनि राखिएको छ । सोही ठाउँमा सशस्त्र संघर्षमा सहभागी महिला जनमुक्ति सेनाको एउटा हातमा हतियार र अर्को हातमा दूधेबालक बोकेको शालिक, अन्तर्राष्ट्रिय कम्युनिस्ट नेता माओत्सेतुङको शालिक, प्रतीक्षालय पनि राखिएका छन् ।

लेखक
सलिम मियाँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?