+
+
Shares

चितवनमा अटो दुर्घटना हुँदा ४ जनाको मृत्यु

चितवनको कालिका नगरपालिका-९ मा अटो दुर्घटना भएको छ । दुर्घटनामा परी ४ जनाको मृत्यु भएको छ भने अन्य १ जना घाइते भएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन २३ गते १९:१९

२३ फागुन, चितवन । चितवनको कालिका नगरपालिका-९ मा अटो दुर्घटना भएको छ । दुर्घटनामा परी ४ जनाको मृत्यु भएको छ भने अन्य १ जना घाइते भएका छन् ।

उपरदाङढीबाट शक्तिखोरतर्फ आउँदे गरेको बा.प्र ०६ -००१ ह ०३१५ नम्बरको अटो आफैं अनियन्त्रित भएर नालीमा खस्दा ४ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

सो दुर्घटनामा अटो चालक राप्ती नगरपालिका-९ बस्ने ३९ वर्षका पूर्णबहादुर विक, राप्ती नगरपालिका -८ की ५६ वर्षीया बिष्णुकुमारी तामाङ, राप्ती नगरपालिका- ९ की २२ वर्षीया बिनी तामाङ, सोही ठाँउका ५५ वर्षका तिलक तामाङको उपचारको क्रममा मृत्यु भएको हो ।

दुर्घटनामा राप्ती -९ की ५३ वर्षीया चिनिकुमारी गुरुङ घाइते भएकी छिन् । उनको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
सामानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?