+
+
Shares

सिन्धुलीमा बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु

सिन्धुलीमा बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन २० गते १५:१७

२० फागुन, काभ्रेपलाञ्चोक । सिन्धुलीमा बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । सिन्धुलीको सिन्धुलीको कमलामाई नगरपालिका–४ हिरापानीनजिक बीपी राजमार्गमा बुधबार दिउँसो बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा स्कुटर चालक गोलन्जर गाउॅपालिका ३ का वर्ष ३४ का चन्द्र श्रेष्ठ छन् ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी लालध्वज सुवेदीका अनुसार काठमाडौंबाट मरिणतर्फ जाँदै गरेको बा ४ ख ३८९४ नम्बरको बस र सिन्धुलीबाट चियाबारीतर्फ जाँदै गरेको ज १० प ९२३ नम्बरको स्कुटर ठोक्किँदा स्कुटर चालक गम्भीर घाइते भएका थिए ।

उनलाई उपचारका लागि तत्काल जिल्ला अस्पताल सिन्धुली पठाइएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए ।

ठक्कर दिने बस र चालक हरिहरपुरगढी गाउँपालिका–५ निवासी ४१ वर्षीय राजकुमार माझी जिल्ला प्रहरी कार्यालय सिन्धुलीको नियन्त्रणमा रहेका छन्।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?