Comments Add Comment

भारत र चीनबीच १० अर्ब डलर बराबरको २४ बुँदे सम्झौता

१ जेठ, काठमाडौं । भारत र चीनबीच १० अर्ब डलर बराबरको २४ बुँदे सम्झौता भएको छ । चीन भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र उनका समकक्षी ली खछ्याङबीच रेलवे, पर्यटन, शिक्षा, अन्तरिक्ष लगायतका विषयमा सम्झौता भएको हो ।

Modi-and-Li

संयुक्त पत्रकार सम्मेलनमा चिनियाँ प्रधानमन्त्री खछ्याङले चीन र भारत ‘एशियाको इन्जिन’ भएको बताए ।

सम्झौता अनुसार भारतको चेन्नाइ र चीनको शेङ्गदुमा वाणिज्य दूतावास खोलिने छ । योगा कलेज स्थापना,

औरंगावाद र दुनहुआङ बीच सिस्टर सिटी तथा कर्नाटक र शिचुआनबीच सिस्टर स्टेट सम्वन्ध स्थापना गरिने छ ।
यसैगरी भारत र चीनबीच थिंक ट्यांक स्थापना गर्ने पनि सम्झौता भएको छ ।

यी हुन् सम्झौताका बुँदाहरू

India-china-agreement

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment