Comments Add Comment

घरको बिरालोले कुकरको छाउरो जन्माएपछि मालिकलाई तनाव

cat an dogचीनको जिआंग्सु प्रान्तका बासिन्दा ७४ वर्षका जिया वेनुआनको होस तब उड्यो जब उनले आफ्नो घरमा पालेको बिरालोले जन्माएको बच्चा देखे । किन ? उनको विरालोले जन्माएको बच्चा विरालोको जस्तै नभै कुकुरको छाउरो जस्तै थियो ।

अवकाशप्राप्त अधिकारी जियाले आफ्नो पोथी विरालोलाई छिमेकीको भाले विरालोसँग समागम गराएर गर्भाधारण गराएका थिए । तर बिरालोले त कुकुरको छाउरो पो जन्मायो । आखिर किन त्यस्तो भयो ? जियाले यो कुराको चुरो पत्ता लगाउन वैज्ञानिकहरुसँग आग्रह गरेका छन् ।

जियाले भनेका छन्, ‘मैले मेरो निउ निउलाई आफैले साथीको घरमा लगेर छाडेको थिएँ, गर्भाधारणका लागि । उसलाई दुइदिनसम्म सहवासका लागि एक भाले बिरालोसँगै खोरमा थुनिएको थियो । मेरो साथीले निउ निउलाई कहिल्यैपनि कुकुरसित राखेको होइन ।’

aaa

आफुले अहिलेसम्म कहिल्यैपनि बिरालो र कुकुरबीच सहवास भएको घटना नसुनेको भन्दै उनले आखिर आफ्नो बिरालोले किन कुकुरको छाउरो जन्मायो भन्ने कुराको चुरो वैज्ञानिकहरुले पत्ता लगाउनेछन् भन्ने उनको आशा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment