विकास राज न्यौपाने
अमेरिका । अमेरिकाको टेक्सासमा “नेपालमा गएको भूकम्प र त्यसपछि अमेरिकी कानूनमा नेपालीका लागि प्रदान गरिएको कानूनी सुबिधा” विषयमा अन्तरक्रिया सम्पन्न भएको छ ।
नेपाली समाज टेक्सासको आयोजनामा रेग्मी ल ग्रुप मेरिल्यान्डकी अनुभवी एट्रोनी ल पूजा रेग्मीद्वारा “नेपालमा गएको भूकम्प र त्यसपछि अमेरिकी कानून मा नेपालीका लागि प्रदान गरिएको कानूनी सुबिधा” बारे छलफल भएको थियो ।
नेपालमा गत अप्रिल २५ मा विनाशकारी भूकम्प गएपछि नेपालीलाई टेम्पोररी प्रोटेक्टेड स्टाटस दिने तथा अमेरिकन नागरिक भै सकेको नेपालको भूकम्प पीडितलाई पनि अमेरिकाको भिसा दिने भन्ने समाचार तथा पोष्टहरु सामाजिक संजालमा छापिएपछि सो को तथ्यसत्य कानूनी जानकारीको निमित्त यस कार्यक्रमको आयोजना गरिएको नेपाली समाजका महासचिब विजयराज भट्टराईले बताए ।
कार्यक्रममा हालसम्म लागू नभएको र सो को निमित्त एक लाख व्यक्तिहरुले पिटिसन गर्नुपर्ने कानूनी प्राबधान रहेको जानकारी गराइयो।
साथै अमेरिकन नागरिक भै सकेको नेपाली को भूकम्प पीडितका परिवारका सदस्यलाई पनि अमेरिकाकाे भिसा दिने कुनै प्राबधान नआएको उनले प्रष्ट पारिन् । कार्यक्रममा नेपालीहरुसँग प्रत्यक्ष सरोकार रहने अमेरिकी कानून का धेरै बिषयमा जानकारी गराइयो।
कार्यक्रममा नेपालीहरुसंग प्रत्यक्ष सरोकार रहने अमेरिकी कानूनका धेरै बिषयमा जानकारी गराइएको थियो ।
एनएसटीका प्रोग्राम भीपी तारा भुषालको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा निबर्तमान अध्यक्ष डा प्रेम अधिकारीले स्वागत गरेका थिए ।
प्रतिक्रिया 4