Comments Add Comment

जनता बैंकको सीइओमा कुमार लम्साल नियुक्त

८ जेठ, काठमाडौं । जनता बैंकको सञ्चालक समितिले रिक्त रहेको प्रमुख कार्यकारी अधिकृतमा कुमार लम्साललाई नियुक्त गरेको छ । लम्सालले जेठ ११ गतेदेखि बैंकको  कार्यभार सम्हाल्ने छन् ।

Kumar-Lamsalउनीसँग विगतमा सानिमा बैक लिमिटेड र प्रभु बैक लिमिटेड समेतमा प्रमुख कार्यकारी अधिकृत भएर काम गरिसकेका छन् ।

लम्सालको २४ वर्षभन्दा बढी बैंकिग अनुभव रहेको छ । उनले नेपालको वित्तीय बजार र प्रणालीलाई नजिकबाट नियाल्नुका साथै व्यवस्थापनको क्षेत्रमा विज्ञता हासिल गरेका छन् ।

डा. रमेश भट्टराईले राजिनामा दिएपछि बैंकका सीइओ पद रिक्त थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment