Comments Add Comment

काठमाडौका निजी विद्यालयमा विद्यार्थी घट्ने

९ जेठ, काठमाडौ । भूकम्पका कारण काठमाडौमा निजी विद्यालयमा ठूलो संख्यामा विद्यार्थी घट्ने सञ्चालकहरुले बताएका छन् ।

एन प्याब्सनका अध्यक्ष कर्णबहादुर शाहीले २० प्रतिशतसम्म विद्यार्थी घट्ने बताए ।

उपत्यकाबाहिरका निजी विद्यालयमा चाप बढ्न सुरु भएको सदस्यहरुले रिर्पोटिङ गरेको नयाँ पत्रिका दैनिकमा खबर छ ।  ‘विद्यार्थी अभिभावक सबैमा त्रासको वातावरण छ, यस्तो विपतको बेला काठमाडौको निजी विद्यालयमा विद्यार्थी घट्नु स्वभाविक हो,’ अध्यक्ष शाहीले भने, ‘काठमाडौमा २० प्रतिशतसम्म विद्यार्थी घट्छन्, भूकम्पको असर प्लस टु र माथिल्लो तहमा समेत पर्छ ।’

उनका अनुसार उपत्यकाका निजी विद्यालयमा एक लाखको हाराहारीमा विद्यार्थी अध्ययनरत थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment