Comments Add Comment

लाईन्स क्लवले दियो पत्रकार महासंघलाई २ सय थान त्रिपाल

१२ जेठ, काठमाडौ । लाइन्स क्लव अफ इन्टरनेशनलले भूकम्प प्रभावित पत्रकारहरुलाई राहत वितरणका लागि नेपाल पत्रकार महासंघ काठमाडौं जिल्ला शाखालाई २ सय थान त्रिपाल तथा कम्बल लगायतका सामग्री उपलब्ध गराएको छ ।

लायन्स क्लवका प्रमुख भरतप्रसाद ढुङगेलले भूकम्पबाट प्रभावित पत्रकारहरुका लागि उक्त सामग्री पत्रकार महासंघ काठमाडौं शाखालाई हस्तान्तरण गरेको सचिव रामकृष्ण अधिकारीले बताए ।

ढंुगेलका अनुसार भूकम्प आएपछि लायन्स क्लवले अहिलेसम्म १३ हजार त्रिपालको साथै ७ करोड वरावरको खाद्यान्न वितरण गरिसकेको छ । पीडितहरुको सेवामा लागेको लाइन्स क्लव अब भत्केका विद्यालय पुनर्निर्माणमा लाग्ने तयारीमा रहेको ढुंगेलले बताए ।

त्यही क्रममा पत्रकारहरु पनि पीडामा रहदा रहै पनि आफनो कार्यक्षेत्रमा निरन्तर खटिएर काम गरिरहेको अवस्थालाई मध्यनजर गरेर लाइन्सले प्रभावित पत्रकारलाई राहात स्वरुप सो सामाग्री वितरणका लागि महासंघको काठमाडौं जिल्ला शाखालाई हस्तान्तरण गरेको हो ।

महासंघले सोमबार जिल्ला शाखामा आवद्ध प्रभावित पत्रकार तथा अन्य विभिन्न सञ्चार माध्यममा कार्यरत पत्रकारहरुलाई सो सामाग्री जिल्ला शाखाको कार्यालय भृकुटीमण्डपवाट वितरण गरेको थियो ।

अहिलेसम्म पत्रकार महासंघ काठमाडौ शाखाले विभिन्न क्षेत्रबाट प्राप्त सहयोगबाट झण्डै ५ सय पत्रकारहरुलाई त्रिपाल लगायतका राहत सामग्री वितरण गरेको शाखा सचिव अधिकारीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment