Comments Add Comment

सुशीलको सरकारलाई विप्लवको समर्थन !

१३ जेठ, काठमाडौ । नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले अहिले राष्ट्रिय सरकारको कुरा गर्ने बेला नभएको बताएका छन् ।

biplab-1कृष्ण सेन ‘इच्छुक’ को १३ औं स्मृति दिवसको अवसरमा बुधवार मध्य बानेश्वरमा भएको अन्तरक्रियामा बोल्दै विप्लवले विपतका बेला राष्ट्रिय सरकारको कुरा गरेर विपत ब्यवस्थापनलाई ‘डाइभर्ट’ गर्ने काम भएको बताए ।

‘जनता एकातिर छन्, बहस अर्कोतिर छ,’ उनले भने, ‘राष्ट्रिय सरकार विपतको हल हुने विषय होइन ।’ विपद व्यवस्थापनका साथै संक्रमणकाललाई टुंगोमा पुर्‍याउनुपर्ने विप्लवको भनाइ छ ।

हिमाली क्षेत्र बस्तीका लागि अनुपयुक्त

महासचिव विप्लवले हिमाली क्षेत्र मानव वस्तीको निम्ति उपयुक्त नदेखिएको बताएका छन् । उनले हिमाली क्षेत्रमा रहेको बस्ती सार्नुपर्ने सुझाव दिए ।

भूकम्पले गर्दा हिमाली क्षेत्र बस्नै नसक्ने गरी धाँजा फाटेको उल्लेख गर्दै उनले दार्चुलादेखिको हिमाली रेञ्जको वस्ती विकास गर्न जरुरी भएको बताए ।

चार किसिमको वर्गीकरण अनुपयुक्त  

नेता विप्लवले भूकम्प प्रभावितहरुका लागि राज्यले गरेको चार भागको वर्गीकरण अनुपयुक्त रहेको बताए । ‘भूकम्प पीडितहरुका लागि एक दुई तीन चार भनेर जुन वर्गीकरण गरिएको छ, त्यो नै गलत छ,’ उनले भने, ‘बस्न मिल्ने र नमिल्ने गरी दुई किसिमको वर्गीकरण मात्रै गर्नुपर्दछ ।’

धितो माग्नु हुँदैन

नेकपा माओवादीका महासचिव विप्लवले भूकम्प प्रभावितहरुसँग धितो माग्न नहुने बताए । ‘संकटको यो घडीमा विनाधितो ऋण दिनुपर्छ भन्ने हाम्रो पार्टीको मान्यता हो,’ उनले भने ।

अन्य राजनीतिक दलहरु वास्तविक पीडितसम्म पुग्न नसकेको उनको आरोप थियो । पीडितहरुलाई सेवा गर्ने भनेर हेलमेट लगाएर होहल्ला गर्ने काम मात्रै भएको विप्लवको आरोप थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment