Comments Add Comment

कोलोराडो समाजबाट २५ हजार डलर सहयोग

coloradoकोलोराडो । अमेरिकाको कोलोराडो समाजले भूकम्प पीडितहरुका लागि सहयोग रुवरुप २५ हजार १७ डलर पठाएका छन् । समाजको तर्फबाट संकलित उक्त सहयोग रकम नव नियूक्त राजदुत डा.अर्जुन कार्कीलाई हस्तान्तण गरिएको छ ।

यसरी रकम हस्तान्तरण गर्नेहरुमा कोलोराडोस्थित सिख समुदायका तर्फबाट अध्यक्ष तेजवन्त सिङले १० हजार १७, कोलोराडो स्पि्रङ् समाजका पुरुषोत्तम पाण्डेले ५ हजार र स्थानीय संस्थाहरुबाट संकलित १० हजार गरी जम्मा २५ हजार १७ डलर एक कार्यक्रमकाबीच हस्तान्तरण गरिएको हो ।

संकलित सहयोग रकम बुझ्दै राजदुत कार्कीले देशलाई पिडा पर्दा आफ्नो गाँस कटाएर सहयोग गरेकोमा आभार ब्यक्त गर्दै सहयोग रकमको सहि सदुपयोग हुनेमा शंका नगर्न अनुरोध गरे । उनले आगामी दिनमा पनि संकलित सबै सहयोग प्रधानमन्त्री राहत कोषमा जम्मा हुने गरि पठाउन आग्रह गरे ।

कार्यक्रममा वाणिज्य दुत ऋषि ढकाल, अन्तराष्ट्रिय साहित्य समाजका अध्यक्ष पदम विश्वकर्मा, नेजाका अध्यक्ष गौतम दाहाल, रकी माउन्टेन फ्रेन्ड्स् अफ नेपालका अध्यक्ष शरद आचार्य, नेपाली घरका अध्यक्ष नारायण श्रेष्ठ, सिख समुदायका पदाधिकारी, पत्रकार यूवराज घिमिरे तथा स्थानीय संघ संस्थाका प्रतिनिधिहरुको उपस्थिति थियो ।

यस अघि पनि यहाँका संघसंस्था तथा व्यक्तिगत पहलमा संकलित रकम नेपाल रेडक्रस तथा प्रधानमन्त्री राहत कोषमा जम्मा हुनेगरी पठाई सकिएको नातिबाबु भट्टले जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment