Comments Add Comment

कास्की वर्ष खेलाडीबाट पुनम गुरुङ सम्मानित

Punam-Gurung,-Kaski

सन्देश श्रेष्ठ
१५ जेठ, पोखरा । व्याडमिन्टनकी अन्तर्राष्ट्रिय खेलाडी पुनम गुरुङ कास्की वर्ष खेलाडी-२०७१ बाट सम्मानित भएकी छन् । जिल्ला खेलकुद विकास समिति कास्कीले गणतन्त्र दिवसको अवसरमा शुक्रबार पोखरा रंगशालामा उनलाई सम्मान गरेको हो ।

कार्यक्रममा कास्कीका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर राउतले गुरुङलाई नगद ३० हजार, सम्मानपत्र र ट्रफी प्रदान गरे ।

सम्मानित गुरुङ ब्याण्डमिन्टनकी अन्तर्राष्ट्रिय खेलाडी हुन् । उनले राष्ट्रिय तथा एसियाली ब्याडमिन्टन प्रतियोगितामा सहभागिता जनाइसकेकी छिन् ।

त्यस्तै, कास्कीमा रही समाचारको माध्यमबाट खेल जगतलाई महत्वपूर्ण योगदान दिएको भन्दै पत्रकार दिननाथ बराललाई सम्मान गरिएको छ । उनलाई नगद ५ हजार, ट्रफी र सम्मानपत्र प्रदान गरिएको छ । बराल पोखराबाट प्रसारण हुँदै आएको रेडियो अन्नपूर्णका सम्वाददाता र कारोबार दैनिकका पोखरा सम्वाददाता हुन् । बराल यसअघि सहारा खेलकुद पत्रकारिता पुरस्कारबाट पनि सम्मानित भइसकेका छन् ।

त्यसैगरी जिल्ला विकास समिति कास्कीले वर्षको उत्कृष्ट प्रशिक्षकबाट सितेरीयो कराँतेका प्रशिक्षक सुरेन्द्रकुमार गुरुङ, कास्की वर्ष आदर्श व्यक्तित्वबाट अन्तर्राष्ट्रिय फुटबल खेलाडी तथा प्रशिक्षक खेमबहादुर गुरुङ र कास्की उत्कृष्ट संघसंस्थाको तर्फबाट कास्की जिल्ला व्याडमिन्टन संघलाई सम्मान गरेको छ ।

सम्मानित सबैलाई जनही ५ हजार, ट्रफी र सम्मानपत्र प्रदान गरिएको जिल्ला खेलकुद विकास समिति कास्कीका कार्यालय प्रमुख प्रकाश बरालले जानकारी दिए ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी राउतले राष्ट्रिय एकता र आर्थिक सम्वृद्धिका लागि खेलकुद आवश्यक भएको बताए । उनले खेलाडी, अन्य व्यक्ति तथा संस्थाको सम्मानले खेलकुद विकासमा टेवा पुग्ने विश्वास व्यक्त गरे ।

प्याव्सन कास्कीका अध्यक्ष चिनु रानाभाटले खेलाडी उत्पादनमा कास्की जिल्ला अग्रस्थानमा रहेको दाबी गर्दै पोखरामा विभिन्न खेल गतिविधि हुँदा पोखरा भूकम्पबाट सुरक्षित छ भन्ने सन्देश प्रवाह भएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment