Comments Add Comment

दुई मन्त्री जिल्ला जाँदा दुई लाख स्वाहा !

१६ जेठ, काठमाडौं । भूकम्प पीण्डितको स्थितिबारे अनुगमन गर्न मन्त्रीहरु जिल्ला दौडँदा राष्ट्रको ढुकुटीबाट फजुल खर्च हुने गरेको छ । यसको पछिल्लो दृष्टान्त हो अर्थमन्त्री डा. रामशरण महत र शहरी विकास मन्त्री डा.नारायण खड्काको जिल्ला दौडाहामा भएको खर्च ।

Ram-saran-and-narayan-khadkaराजधानी नजिकै नुवाकोट गृहजिल्ला भएका अर्थमन्त्री महतको जिल्ला भ्रमणमा १ लाख ३७ हजार १ सय ५ रुपैयाँ राज्य कोषबाट सकिएको छ । यो रकमको भुक्तानी पाउने मन्त्री महतका निजी सचिव तेजबहादुर श्रेष्ठ रहेका छन् । अनुगमन तथा मूल्यांकन खर्चका रुपमा यो खर्च देखाइएको छ ।

त्यसैगरी शहरी विकास मन्त्री डा. नारायण खड्काको टोली विभिन्न जिल्लामा जाँदाको खर्च भन्दै ६० हजार ९ सय ८५ रुपैयाँ खर्च गरिएको छ । यो रकमको भक्तानी पाउने व्यक्ति मन्त्री खड्काका स्वकीय उसपचिव खगेन्द्र राई हुन् ।

मन्त्रीहरु जिल्ला दौडाहामा निस्कँदा गाडी, तेल र अन्य सुविधाहरु प्रयोग गर्ने गर्छन् । तर, राजधानीकै छिमेकी जिल्लामा जाँदासमेत डेढ लाखसम्म खर्च हुनुले विपतका बेलामा पनि सरकारी अधिकारीहरुले फजुल खर्च गरिरहेको स्पष्ट हुन्छ ।

मन्त्रीहरुले भूकम्प पीडितका नाममा आफ्नो निजी धनबाट एक रुपैयाँ पनि सहायता दिएका छैनन् । अझ उनीहरु जिल्लामा निस्कँदा राज्यको ढुकुटीबाट लाख रुपैयाँसम्म सिध्याउँछन् ।

2 ministri

त्यसो त भूकम्पका बेलामा कम खर्चउ गर्नुपर्नेमा भूमिसुधार मन्त्रालयले यही बेलामा पेट्रोलमा ४ लाख ५२ हजार ९ सय २६ रुपैयाँ खर्च गरेको छ ।

वन मन्त्रालयले सवारी खरिद, फर्निचर लगायतका शीर्षकमा १० लाख खर्च गरेको छ । अख्तियारले दुरुपयोग अनुसन्धान आयोगले ७ लाख बढीको फर्निचर र १ लाख १५ हजारको पानी किनेको छ ।

मन्त्रालयका गाडी बिग्रेका बिग्रियै

कृपासुर शेर्पाको नेतृत्वमा रहेको संस्कृति तथा पर्यटन मन्त्रालयले ‘सीधै खर्च’ अन्तरगत ८ लाख भन्दा बढीको गाडी मर्मत गरेको छ ।

मन्त्रालयका गाडीहरु पनि असाध्यै बिग्रने गरेका छन् । गाडी मर्मत शीर्षकमा कमिसन धेरै खाने गरिएकाले गाडी धेरै बिग्रने गरेका हुन् ।

उदाहरणका लागि जेठ १३ गते अर्थ मन्त्रालयमा ८ वटा गाडी बिगि्रएको देखाइएको छ । सो दिन गाडी मर्मत शीर्षकमा ३० हजार देखि सवा लाखसम्म अर्थ मन्त्रालयले भुक्तानी दिएको छ ।

त्यस्तै जेठ ९ र १० गते अर्थ मन्त्रालयका दुईवटा गाडी मर्मत गरिएको बिल भुक्तानी गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment