Comments Add Comment

भूकम्प पीडित रेष्टुरेन्ट मजदूरलाई घिमिरेको सहयोग

१३ असार, काठमाडौं । अमेरिकाको क्यालीफोर्निमा सञ्चालित ‘माउन्ट ८८४८’ रेष्टुरेन्टले भूकम्प पीडित रेष्टुरेन्ट मजदूरलाई आर्थिक सहयोग गरेको छ ।

रेष्टुरेन्टका सञ्चालक बासुदेव घिमिरे (थोमस)ले भूकम्प एक लाख ४ हजार रुपैयाँ सहयोग गरेका हुन् । उक्त रकम ठमेलको चिलरोयड अफ काठमाडौं र केतु रेष्टुरेन्टका पीडित कामदारलाई वितरण गरिएको छ ।

प्रतिव्यक्ति दुई हजार रुपैयाँका दरले ५२ जनालाई उक्त रकम वितरण गरिएको नेपाल निर्माण व्यवसायी महासंघका पूर्वअध्यक्ष जयराम लामिछानेले जानकारी दिए ।

यसका साथै घिमिरेले मकवानपुरको टिष्टुङ गाविसलाई तीन लाख रुपैयाँ प्रदान गरेका छन् । टिष्टुङमा पानीको मुहान सुकेको हुँदा पम्प गरेर पानी तान्नका लागि उनले पम्म खरिद गर्न उक्त रकम प्रदान गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment