Comments Add Comment

चेम्बरले भेट्यो एमाले अध्यक्ष, आर्थिक विकासमा लाग्न आग्रह

Chembar

१७ असार, काठमाडौं । नेपाल चेम्वर अफ कमर्सको प्रतिनिधिमन्डलले एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेट गरी मुलुकको आर्थिक तथा समसामयिक विषयका बारेमा जानकारी गराएको छ ।

चेम्बरका अध्यक्ष राजेश काजी श्रेष्ठले मुलुक लामो समय राजनैतिक संक्रमणबाट गुज्रिएकाले मुलुकको आर्थिक विकासमा असर परेको बताउँदै अविलम्व संविधान निर्माण हुनुपर्ने बताए ।

उनले संक्रमण काल लम्बिदा रोजगारीको अवसर सिर्जना हुन नसकेको, लगानीको वातावरण बन्न नसक्दा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय लगानी संकुचन भएको, नेपालका निर्यात योग्य उत्पादनको प्रतिष्पर्धात्मक क्षमतामा ह्रास भई मुलुकको व्यापार घाटा दिनप्रतिदिन बढदै गएको बारेमा अध्यक्ष ओलीको ध्यानाकर्षण गराए ।

अध्यक्ष श्रेष्ठले बर्खे अधिवेशन शुरु भएकोले समयमै सरकारको नीति तथा कार्यक्रम र बजेट आउने विश्वास व्यक्त गरे । उनले विगतमा समयमै बजेट नआउँदा विनियोजित विकाश बजेट खर्च नभएको र यसले समग्र विकास निर्माणको कार्य प्रभावित भएकोले यसतर्फ सरकार र राजनैतिक दलहरुको समयमै ध्यान जानुपर्नेमा जोड दिए ।

विनाशकारी भूकम्प र बाढी पहिरोले राजमार्गहरु अवरुद्ध भएकोतर्फ ध्यानाकर्षण गराउँदै उनले राजधानी काठमाडौं लगायत मुलुकभर पर्याप्त खाद्यान्न तथा अतिआवश्यकीय बस्तुहरुको आपूर्तिमा समस्या आउनसक्ने जानकारी गराएका छन् ।

एमाले ओलीले मुलुकको सर्वाङ्गिण विकासमा चेम्बरले खेलेको भूमिकाको प्रशंसा गर्दै मुलुकको आर्थिक विकासमा चेम्वरले नेतृत्व गरेर अगाडि बढ्नुपर्ने बताए । उनले संविधानको प्रारम्भिक मस्यौदा संविधान सभामा पेश हुनु आफैमा सकारात्मक भएको बताउँदै मुलुकले छिटै नयाँ संविधान प्राप्त गरी राजनैतिक संक्रमणको अन्त्य हुने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment