Comments Add Comment

एमाले नेता पोखरेलले भने-कृषिमन्त्री ज्यू लज्जाबोध भो

sankar_pokrel१६ असार, काठमाडौं । नेकपा एमालेका नेता शंकर पोखरेलले कृषिमन्त्री हरिप्रसाद पराजुलीको हर्कतले जल्लाबोध भएको टिप्पणी गरेका छन् ।

स्थानीय समिति सदस्य पोखरेलले सार्वजनिक पदमा बस्नेहरु सामाजिक मर्यादामा बस्नु पर्ने बताए ।

उनले आफ्नो फेसबुक पेजमा लेखेका छन्-‘मर्यादामा बस्न गाह्रो हुनेले सार्वजनिक पद धारण गर्नु हुँदैन । कृषिमन्त्री ज्यू लज्जाबोध भो ।’

मन्त्री पराजुलीलाई कारबाही गर्न एमालेमा दबाव

यसैबीच कृषिमन्त्री हरिप्रसाद पराजुलीलाई सरकारबाट फिर्ता बोलाउन एमालेभित्रै दबाव बढेको छ ।

पार्टीका उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले मन्त्री पदमा रहेर पार्टीको शिर गिराउने काम गरेकाले तत्काल कारबाहीका लागि नेतृत्वलाई ध्यानाकर्षण गरिएको बताइन् ।

एमालेका पदाधिकारीले नेतृत्वलाई तत्काल निर्णय लिन सुझाएका छन् भने सभासद्ले अध्यक्ष केपी ओलीलाई प्रमुख सचेतक अग्निप्रसाद खरेलमार्फत् ध्यानाकर्षण गराएका छन् ।

उपाध्यक्ष शाक्यले भनिन्-“मन्त्रीले नै त्यस्तो गरेपछि पार्टीभित्रका र  आम महिला कसरी सुरक्षित हुने भन्ने प्रश्न उठेको छ, के पार्टीमा अन्य छवि भएका र योग्य व्यक्ति छैनन् र ?”

मन्त्री पराजुलीले मङ्गलबार मूलपानीमा आयोजित धान रोपाइँका क्रममा सार्वजनिकरुपमा महिलामाथि अश्लिल हर्कत गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment