Comments Add Comment

एयरपोर्टमा उद्दण्डता मच्चाउने सभासदका छोरा कागज गरेर छुटे

१७ असार, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन डेस्कका कर्मचारीमाथि दुव्र्यवहार गर्ने कांग्रेस सभासद कौशर शाहका छोरा जुबेर खान माफी मागेको कागज गरेर छुटेका छन् ।

jube-khanबुधवार राति दुबई जाने क्रममा अध्यागमनका कर्मचारी र सुरक्षाकर्मीलाई समेत दुर्व्यवहार र अश्लील गालीगलौज गरेपछि उनलाई पक्राउ गरी अध्यागमनको हिरासतमा राखिएको थियो ।

सभासद शाहले छोरालाई छुटाउन दबाब दिइरहेकी थिइन् । बिहीबार उनलाई अघिल्लो दिनको कार्यप्रति माफी मागेको कागजमा सही गराएर छाडिएको अध्यागमन स्रोतले जनाएको छ ।

कागजमा पनि खानलाई भारतीय नागरिक भनेर पासपोर्ट नम्बर समेत उल्लेख गरिएको छ । छोरालाई जिम्मा लिन सभासद कौशर शाह आफैं अध्यागमन विभागमा पुगेकी थिइन् । उनले कागजमा जुबेरलाई बुझेको भनेर हस्ताक्षर गरेकी छन् ।

बुधवार राति एयर अरेबियाको जी ९८६३ नम्बरको उडानबाट दुबई जान लागेका जुबेर खानको पासपोर्टमा दुबईको भिसा हेर्न लाग्दा अध्यागमन अधिकृत छत्रबहादुर शाहमाथि उनले दुव्र्यवहार गरेका थिए ।

Juber-khan

भारतीय पासपोर्ट र नेदरल्याण्डको पीआर बोकेका शाहले अन्य कर्मचारी र सुरक्षाकर्मीलाई समेत हातपातको प्रयास गरेका थिए । अञ्दाजी ३० वर्षको शाहले करीव डेढ घण्टासम्म अध्यागमनमा उद्दण्डता प्रदर्शन गरेका थिए ।

छोराले अध्यागमन कर्मचारीमाथि दुव्र्यवहार गर्दा आमा सभासद कौशर शाह पनि सँगै थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment