Comments Add Comment

रेकर्ड तोड्दै ब्रेन्डन म्याकलमले सेन्चुरी बनाए

mcullumramp

१९ असार, काठमाडौं । इङग्ल्याण्डको घरेलु टि-२० टुर्नामेन्ट ‘टि-२० ब्लास्ट’मा किविज कप्तान ब्रेन्डन म्याकलमले रेकर्ड ब्रेकिङ सेन्चुरी बनाएका छन् ।

बर्मिंघम बियर्सका लागि उनले ६४ बलमा अबिजित १५८ रन बनाए । डर्बीशायर बिरुद्धको खेलमा उनले केबल ४२ बलमा सेन्चुरी पुरा गरे । उनको सेन्चुरीको मद्दतमा बर्मिंघमले २० ओभरमा २४२ रन जोड्यो । जबाफमा डर्बीशायर केबल १८२ रनमै समेटियो ।

सेकेन्ड हाइस्टे टि-२० स्कोर बनाउने क्रममा उनले ११ छक्का र १३ चौका प्रहार गरे । टि-२० क्रिकेटमा क्रिस गेलले सर्बार्धिक १७५ रन बनाएका छन् । गेलले इन्डियन प्रिमियर लिग आइपिएल २०१३ मा पुने बिरुद्ध १७५ रन बनाएका थिए ।

म्याकलमको १५८ रन भने ब्लास्टको इतिहासकै उच्च स्कोर हो । यसअघि लुक राइटले ससेक्सका लागि बनाएको १५३ रन सर्बार्धिक थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment