Comments Add Comment

विश्वका अढाइ अर्वमा मानिस सरसफाइको पहुँच बाहिर

Amoohaji

विश्वका हरेक तिन जनामा एक जना मानिस सरसफाइको पहुँच बाहिर रहेको एक प्रतिवेदनले देखाएको छ । विश्व स्वास्थ्य संगठन तथा राष्ट्रसंघीय बालकोष युनिसेफले सार्वजनिक गरेको तथ्यांक अनुसार विश्वका २ अर्ब ४० करोड मानिस आधारभुत सरसफाइ सुविधाको पहुँच बाहिर छन् ।

विश्वका ९४ करोड ६० लाख मानिसले अझैपनि खुल्ला स्थानमा दिसापिसाब गर्ने गरेको तथ्यांकले देखाएको छ । खुल्ला स्थानमा दिसापिसाको यो समस्या निकै जटिल समस्याको रुपमा रहेको र यो जलप्रदुषण तथा विभिन्न खाले रोगको मुख्य श्रोतको रुपमा रहेको प्रतिवेदनले देखाएको छ ।

विश्व स्वास्थ्य संगठनको जनस्वास्थ्य, वातावरण विभागकी निर्देशक मारिया नेइराका अनुसार विश्वमा सबै मानिसमा सरसफाइको पहुँच नपुग्दासम्म खानेपानीको गुणस्तरको मामिलामा नजरअन्दाज हुनछ जसका कारण धेरै मानिसहरु पानीजन्य रोगका कारण मरिरहनेछन् ।

आधारभुत सरसफाइलाई सहश्राब्दी विकाश लक्ष्यको मुख्य लक्ष्यमा समेटेको संयुक्त राष्ट्रसंघले सन् २०१५ अर्थात् यहीँ वर्ष सम्ममा आधारभुत सरसफाइको पहुँच बाहिर रहेको जनसंख्या आधाले घटाउने तथ्य १५ वषएअघि तय गरेको थियो । यस अनुसार अहिले विश्वका ७७ प्रतिशत मानिस सरसफाइको पहुँचमा हुनुपर्ने थियो ।

तर अहिले केवल विश्वमा ६८ प्रतिशत मानिस मात्र सरसफाइको पहुँचमा छन् । सहश्राव्दी विकाश लक्ष्यको सरसफाइ सम्बन्धी लक्ष्य हासिल गर्नका लागि अझै ७० करोड मानिसमा आधारभुत सरसफाइको पहुँच स्थापित गर्नुपर्ने देखिएको छ ।

सरसफाइमा पहुँचको कमीका कारण बालमृत्युदर घटाउने लक्ष्यमा समेत अड्चन आउन सक्ने चिन्ता युनिसेफ तथा विश्व स्वास्थ्य संगठनले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment