Comments Add Comment

अाजदेखि रिलायबल लघुवित्तको डेढ लाख कित्ता साधारण निष्काशन

२२ असार, काठमाडौं । रिलायबल डेभलपमेन्ट बैंकको सहायक संस्था रिलायबल माइक्रोफाइनान्स लिमिटेडले  मंगलबारदेखि साधारण सेयर निष्काशन सुरू गरेको छ ।   १००  रूपैयाँअंकित दरका १ लाख ५० हजार कित्ता  साधारण सेयर निष्काशन गरेको हो ।

IPO-Logoजसमध्ये ७ हजार ५ सय कित्ता सामुहिक लगानी कोषलाई बाँडफाँट भइसकेको छ भने  ३ हजार कित्ता कर्मचारीको लागि छुट्याइएको कम्पनीले जनाएको छ |

यो कम्पनीको  सेयर निष्काशन तथा बिक्री प्रबन्धक सिभिल क्यापिटल मार्केट हो ।

 सिभिल क्यापिटल मार्केट कमलादी, रिलायबल माइक्रोफाइनान्सको मुख्य कार्यालय लम्जुङ्ग, रिलायबल डेभलपमेन्ट बैंकको ज्ञानेश्वोर, बिराटनगर, पोखरा, सुन्दरबजार र भुमही साखा कार्यालयहरु, भर्गाव विकाश बैंकको कंचनपुर शाखा कार्यालय, कन्चन डेभलपमेन्ट बैंकको कन्चनपुर शाखा कार्यालय र बागमती डेभलपमेन्ट बैंकको हरिबन शाखा कार्यालयबाट प्राप्त गर्न सकिने तथा रकम बुझाउन सकिने छ |

लमजुङको बेसिसहरमा मुख्य कार्यालय रहेको यो माइक्रोफाइनान्सको १० जिल्ला कार्य क्षेत्र रहेको छ | २०७० साल जेठ ५ गते देखि कारोबार सुरु गरेको यस संस्थाले चालू अार्थिक वर्षको पुस मसान्तसम्ममा  ४१ लाख ७ हजार रूपैयाँ नाफा कमाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment