Comments Add Comment

भारतका कौटिल्य जस्ता होइनन् आदित्य

११  साउन, काठमाडौं ।  भारतको हरियाणा निवासी ७ वषिर्य बालक कौटिल्य पण्डित ‘गुगल व्वाई’ को नामले प्रचारित छन् । सामान्य ज्ञानका कठिन प्रश्नहरुको जवाफ दिने क्षमताका कारण भारतीय मिडियाले उनलाई गुगल व्वाईको उपमा दिएका हुन् । त्यही सिको गरेर हाम्रा आदित्य दाहाललाई कतिपयले ‘नेपाली गुगल व्वाई’ को संज्ञा दिन्छन् । तर, गुगल व्वाईको नेपाली संस्करण होइनन् आदित्य । मानसिक रुपमा तिक्ष्ण भए पनि कौटिल्य आदित्यको छेउछाउ पनि आउदैनन् ।
Aaditya-and-Kautilya
किन कौटिल्यभन्दा भिन्न छन् त आदित्य ? पढौं सात फरक :
१. कौटिल्य एकदमै तिक्ष्ण दिमाग भएका बालक हुन् तर असाधारण होइनन् । उनी आफूले पढको, देखेको र सुनेको आधारमा ज्ञानको भण्डार विकास गरेका हुन् । विश्वका २१३ देशको इतिहास र भूगोलमा उनको गहिरो दख्खल छ ।

आदित्यको दिमागी क्षमता भने असाधारण छ । उनी आफूले नदेेखको, नसिकेको, नसुनेको विषयमा पनि जवाफ दिन्छन् ।

२. कोटिल्यमा अध्ययनसँगै क्रमिक रुपमा ज्ञानको भण्डार विकास भएको हो । तर, आदित्यमा साढे तीन वर्षको छँदा एकाएक यस्तो क्षमता उत्पन्न भएको हो ।

३. कौटिल्य शारिरीक रुपमा स्वस्थ र तन्दुरुस्त छन् । तर, आदित्य दुर्बल छन् । आदित्यको शारिरीक दुर्वलता सुरु भएको केहि समयपछि दिमागी क्षमता उजागर भएको हो । बोल्न पनि नसक्ने उनी लेखेर मात्रै जवाफ दिन सक्छन् ।

४. कौटिल्य कक्षा १ मा पढ्ने विद्यार्थी हुन् । उनले विद्यालय र घरमा सिकेर अक्षर चिनेका हुन् । तर आदित्य अहिलेसम्म स्कुल भर्ना भएका छैनन् । उनले कसैको सहयोगबिनै एकाएक अक्षरहरु लेख्न थालेका हुन् । आदित्यले नेपाली तथा अंग्रेजीमा मात्रै नभएर जापानी, रसियन, चाइजिन जस्ता भाषामा पनि शब्दहरु लेखेका छन्, जून कौटिल्यको क्षमताभन्दा बाहिरको कुरा हो ।

५. कौटिल्यले इतिहास र भूगोलको जानकारी राख्ने भए पनि भविष्यवाणी गरेका छैनन् । आदित्य भविष्यका कुराहरु माथी पनि जवाफ दिन्छन् । यद्यपि, पछिल्लो समय सुरक्षा चुनौतिका कारण भविष्यवाणि लेखाउन कम गरिएको छ ।

६. शिशु अवस्थामै आदित्यको अध्यात्ममा गहिरो रुची र दख्खल देखिन्छ । उनी मन्दिर जान रुचाउँछन् । धार्मिक अनुष्ठानहरुमा रमाउँछन् । कौटिल्यमा धार्मिक प्रवृत्ति देखिदैन ।

७. आदित्य चेतनामूलक सन्देशहरु खुबै लेख्छन् । आफ्ना सन्देशमा उनी देशको राजनीतिक, सामाजिक र सांस्कृतिक सुधारका लागि बाटो पनि देखाउँछन् । कौटिल्यको यस्तो क्षमता छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment