Comments Add Comment

एकैदिन प्रभु बैंकका चार शाखा संचालनमा

१ साउन, काठमाडौं । प्रभु बैंक सोमबारदेखि चार वटा शाखाहरु संचालनमा ल्याएको छ । मर्जरको क्रममा दोहोरिन गएका कोटेश्वर, सौराह, टाँडी र पोखरा न्यूरोडका शाखाहरुलाई क्रमशः ललितपुरको ग्वार्को, तनहुँको आबुु खैरनी, कास्कीको अमरसिंह चोक र बिरौटामा स्थानान्तरण गरी सञ्चालनमा ल्याएको हो ।

Pravhuउक्त शाखाहरुको उदघाटन क्रमशः नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक मनमोहन कुमार श्रेष्ठ, बैंकका संचालक अम्विका शर्मा लामिछाने, विशेषज्ञ सञ्चालक ऋषीराम गौतम र संचालक पुष्प बहादुर प्रधानले गरे ।

सो अवसरमा बैंकका नयाँ शाखाहरुबाट स्थानिय जनता, उद्योगी, व्यापारी र अन्य क्षेत्रले आफनो आवश्यकता अनुसारका बैंकिंङ्क सेवा तथा सुविधाहरु प्राप्त गरि आफ्नो व्यवसाय प्रर्वद्धनमा विशेष फाइदा लिनसक्ने कुरामा बताइयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment