Comments Add Comment

जनकपुर झडपमा दिनेशमाथि निर्ममतापूर्वक वल प्रयोग : मानवअधिकार आयोग

१३ साउन, काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगले जनकपुरमा भएको झडपमा गम्भीर घाइते भएका १४ वर्षका बालकमाथि निर्ममतापूर्वक गरेको वल प्रयोग पाइएको बताएको छ । साथै विरोधकर्ताहरुले गरेका कृयाकलापहरु शान्तिपूर्ण र सम्मानजनक नभएको उसले बताएको छ ।

Dinesh-Sahaसंविधानको मस्यौदामाथि राय सुझाव संकलनका क्रममा प्रदर्शनकारी र प्रहरीबीच जनकपुरमा भएको दोहोरो झडपमा १४ वषिर्य बालक दिनेशकुमार साह गम्भीर घाइते भएका थिए ।

स्थलगत अध्ययनमा गएको मनवअधिकार आयोगकी सदस्य तथा प्रवक्ता मोहना अन्सारीको नेतृत्वको टोलीले दिनेशमाथि निर्ममतापूर्वक गरेको वल प्रयोगले मानव अधिकारको ठाडो उल्लंघन भएको पाइएको बताएको छ ।

‘घटनामा प्रहरीले बालबालिकाहरुमाथि औचित्यहीन बल प्रयोग गरेको पाइएको छ । आक्रमणमा सहभागी नै नभएका अधिकांश व्यक्तिहरुलाई प्रहरीले कुटपीट गर्नु गैरकानूनी हो’ आयोगले विज्ञप्ति जारी गरेर भनेको छ-‘घटनाका सम्बन्धमा विरोधकर्ताहरुले गरेका कृयाकलापहरु शान्तिपूर्ण र सम्मानजनक नदेखिएको पनि आयोगको अनुगमनबाट पाइएको छ ।’

धर्ना, विरोध प्रदर्शन, सभा लगायतमा बालबालिकाको प्रयोग गर्न नपाइने भएपनि राय सुझाव लिने क्रममा भएको विरोध प्रर्दशनमा अत्याधिक बालबालिकाको प्रयोग भएको पाइएको छ । साथै शान्तिपूर्ण रुपमा भइरहेका विरोधका कार्यक्रममा समेत प्रहरीले हस्क्षेप गरेर पाइएको मानवअधिकार आयोगले जनाएको छ ।

मानव अधिकार आयोगले आगामी दिनमा यस्ता घटना पुनः हुन नदिन सरकारले सम्बन्धित निकायलाई संचेत र निर्देश गर्न आवश्यक रहेको बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment