Comments Add Comment

नेपालद्वारा स्कटल्याण्डसामू १६८ रनको लक्ष्य प्रस्तुत

Nepal-Vs-Scotland-2

१५ साउन, काठमाडौं । विश्व क्रिकेट लिग च्याम्पियनसिपमा नेपालले स्कटल्याण्डसामू १६८ रनको लक्ष्य प्रस्तुत गरेको छ । घरेलु टोलीले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ ।

ऐरमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले अन्तिम ५ बल खेल्नु अघि सबै विकेट गुमाएर १५० रन मात्र बनाउन सक्यो ।

Sarad-Veswakar

खराब प्रदर्शन गरेको नेपालका लागि सरद भेसवाकरले सर्वाधिक ३० रन बनाए । अभिनाश कर्णले १७ तथा ज्ञानेन्द्र मल्ल, प्रदिप ऐरी र पृथु बास्कोटाले समान १६/१६ रन बनाए ।

कप्तान पारस १० रनमा आउटभए भने अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् ।

Parash-Khadka Prithu-baskota

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment