Comments Add Comment

दिल्लीमा देउवा लिपुलेकबारे बोल्न चाहेनन्

१५ साउन, काठमाडौं । भारत भ्रमणमा रहेका नेपाली कांग्रेसका बरिष्ठ नेता शेरबहादुर देउवाले महाकाली सन्धी छिटो कार्यान्वयन होस् भनेपनि लिपुलेकबारे मौन बसेका छन् ।

फाइल तस्वीर
फाइल तस्वीर

नयाँ दिल्लीमा पूर्व कुटनीतिज्ञहरुको संस्था आईवीएफले शुक्रबार आयोजना गरेको अन्तर्क्रियामा उनले आफ्नै पालामा महाकाली सन्धी भएकाले त्यसको छिटो कार्यान्वयन होस् भन्ने पक्षमा आफू रहेको बताए । उनले महाकाली सन्धी गर्न सहयोग गर्ने पूर्व राजदुत केभी राजनको भूमिकाको सरहाना समेत गरे ।

कार्यक्रममा नेपाल मामिलाका भारतीय जानकार प्रोफेसर एसडी मुनीले लिपुलेक, कालापानी र फ्रि तिब्बतको विवाद किन भैरहन्छ भनेर प्रश्न समेत गरेका थिए । तर, पूर्वप्रधानमन्त्री देउवाले स्पष्ट जवाफ दिएनन् ।

लिपुलेकबारे केही नबोले पनि उनले नेपाल एक चीन नीतिमा कायम रहेकाले तिब्बत चीनकै अंग रहेको भनेर जवाफ दिएको नयाँदिल्लीमा रहेका पत्रकार ऋषि धमलाले जानकारी दिए ।

सीमांकनसहितकै संविधान

समसामयीक राजनीतिक परिस्थितिमा कुरा गर्दै देउवाले आफूहरु सीमांकनसहितकै संविधान जारी गर्ने पक्षमा रहेको बताए । प्रमुख दलहरुले अहिले सीमांकनसहितको संविधान जारी गर्ने विषयमा छलफल भैरहेको बताए ।

उनले आफूहरु छिटो संविधान जारी गर्ने गरी अघि बढीरहेको भन्दै मधेस केन्द्रित दलहरुलाई पनि साथमै लिएर अघि बढ्ने जानकारी दिए ।

नेपाल भ्रमण गर्न आग्रह

पूर्वप्रधानमन्त्री देउवाले भूकम्पपछि पनि नेपाल सुरक्षित रहेकाले भारतीय पर्यटक र लगानीकर्तालाई नेपाल भ्रमण गर्न आग्रह गरे । ‘नेपालका पर्यटकीय गन्तब्यहरु सुरक्षित छन् । कुनै डर नमानी नेपाल आए हुन्छ,’ उनले भने, ‘विप्पा, पीटीए र पीडीए सम्झौता भइसकेकोले नेपालको जलविद्युत, कृषि र सडकमा लगानी गर्नुस् । नेपाल लगानी र पर्यटनको लागि सुरक्षित छ ।’

यो पनि पढ्नुस्

मोदीको मूड बुझेका देउवाले लिपुलेक लुकाए

कोसियारीले देउवालाई भने- संविधानमा हिन्दु राष्ट्र लेख्नुस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment