Comments Add Comment

भारतले आफूखुसी नेपालसँगको सीमाना तोक्यो

Nepal-India-Border
स्थलगत अवलोकन गर्दा भेटिएको जिर्ण नेपाल-भारत सीमा स्तम्भ

१७ साउन, घोराही । पूर्वमा कपिलबस्तुदेखि पश्चिममा बाँकेको सीमानासम्म दाङ खण्डमा पर्ने ७७ वटा सीमा स्तम्भहरुमध्ये अधिकांश जीर्ण भएका छन् । दाङ प्रहरीले तीन दिन पैदल यात्रा गरी अवलोकन गर्दा ६७ सीमा स्तम्भ जीर्ण भएको पाइएको हो ।

सीमा स्तम्भ नम्बर रुखमा

सीमास्तम्भ जिर्ण भएपनि त्यसको मर्मत सम्भारका लागि दुबै देशले ध्यान दिएका छैनन् । केही सीमा स्तम्भ खोलाले बगाएका छन् भने केही भत्किएर नचिनिने अबस्थामा छन् ।

सीमा स्तम्भ भत्कँदै जान थालेपछि भारतीय पक्षले आफूखुसी सीमा क्षेत्र तोकेको छ । भारतीय सुरक्षाकर्मीले रुखहरुमा सीमा स्तम्भको नम्बर लेखेको पाइएको छ ।

सीमा सुरक्षाबल सीमाना भन्दा ३३ किलोमिटर टाढा

दाङ जिल्ला भित्र ८३ किलोमिटर क्षेत्रमा नेपाल-भारत सीमा पर्दछ । नेपाल-भारत सीमामा गोबरडिहा, कोईलाबास, बेला र राजपुर गाविसका ६ वटा वडा भारतसँग जोडिएका छन् । ति सीमा क्षेत्रमा २६ वटा नाका छन् ।

नाकामा अहिले नेपाल प्रहरीले सुरक्षा दिइरहेको छ । भैसाही, डगमारा, खांग्रा, सिरीया, कोइलाबास र मुसीनाकामा नेपाल प्रहरी सीमा र नागरिकको सुरक्षाका लागि खटिएका छन् ।

सीमा सुरक्षाका लागि स्थापना भएको सशस्त्र प्रहरी सीमा सुरक्षा बल सीमादेखि ३३ किलोमिटर टाढा पूर्वपश्चिम राजमार्ग अन्तर्गत लमहीको अर्जुनखोलामा छ ।

भारतीय सीमा सुरक्षा बल एसएसबीले २-३ किलोमिटरको दुरीमा एउटा सीमा सुरक्षा पोष्ट राखेको छ । तर नेपाली सीमा सुरक्षा बल भने ८३ किलोमिटर भित्र एउटा कोईलाबासमा छ ।

सशस्त्र पोष्ट स्थापनाको तयारी

Kuber-Kadayat,-Dang-Police
दाङ प्रहरी प्रमुख कुबेर कडायत नेपाल-भारत नाकामा खटिएका सुरक्षाकर्मीहरुलाई निर्देशन दिँदै

सीमा सुरक्षा कार्यालय अर्जुनखोलाका प्रमुख एसपी रामाधार यादवले नाका क्षेत्रमा तीन वटा सशस्त्र पोष्ट स्थापना गर्न भनि केन्द्रमा माग गरिएको बताए ।

यसैबीच दाङका प्रहरी प्रमुख कुबेर कडायतले सीमा क्षेत्रको तीन दिन पैदल यात्रा गरी स्थलगत निरीक्षण गरेका छन् । निरिक्षणका क्रममा प्रहरीहरुलाई सीमा तथा सीमाबासीको सुरक्षामा खट्न र भारतीयसँग पनि सम्बन्ध सुमधुर बनाउन निर्देशन दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment