Comments Add Comment

निर्वाचन प्रणालीबारे भोजराज पोख्रेलले ल्याए नयाँ प्रस्ताव

१७ साउन, काठमाडौं । नयाँ संविधान निर्माणको अन्तिम गृहकार्य भैरहेकाबेला पूर्वप्रमुख निर्वाचन आयुक्त भोजराज पोख्रेलले निर्वाचन प्रणालीबारे नयाँ प्रस्ताव अघि सारेका छन् । उनले आफूले राखेका प्रस्ताव अनुसार अघि बढे निर्वाचनमा देखिने गरेका विकृति कम हुने दाबीसमेत गरे ।

फाइल तस्वीर
फाइल तस्वीर

आइतबार राजधानीमा आयोजित कार्यक्रममा पोख्रेलले पूर्ण समानुपातिक निर्वाचन प्रणाली अपनाउन वा ३ लाख जनसंख्या हुने गरी ठूलो निर्वाचन क्षेत्र बनाउन प्रस्ताव गरे ।

पोख्रेलले अहिले समानुपातिकको सूचीमा पाँच वटा समूह हुँदा समेत निर्वाचन आयोगलाई अनुपात मिलाउन अप्ठ्यारो परिरहेको अवस्थामा मस्यौदामा १० वटा समूह हुँदा त्यसले भोली ब्यवस्थालाई नै असम्भव बनाउने दावी गरे ।

दुई प्रतिशत थ्रेसहोल्ड, वडा अध्यक्ष प्रत्यक्ष निर्वाचित

मिश्रति निर्वाचन प्रणाली अहिलेको बाध्यता भएको भन्दै उनले कम्तिमा पनि दुई प्रतिशत थ्रेसहोल्ड राख्न सकेमा केही विकृतिहरु कम हुने दाबी गरे ।

उनले संविधानमै कहिले-कहिले निर्वाचन गर्ने भन्ने क्यालेण्डर नै राखे आवधिक निर्वाचन सुनिश्चित हुने तर्क गरे । साथै वडाध्यक्षको प्रत्यक्ष निर्वाचन तथा महिला र पुरुष आलोपालो हुने ब्यवस्था गर्नुपर्ने सुझाव पनि दिए ।

कार्यक्रमा कानुनका जानकार दिनेश त्रिपाठीले मस्यौदाको ब्यवस्था अनुसार आवधिक निर्वाचन संसोधनीय रहेकाले भोलीका दिनमा निर्वाचन नै रोकिन सक्ने ठोकुवा गर्दै त्यसलाई असंसोधनीय धाराको रुपमा राख्नु पर्ने बताए ।

उनले थ्रेसहोल्ड नराखेकै कारण समयमा संविधान नबनेको दावी गर्दै अबको संविधानमा निश्चित प्रतिशत थ्रेसहोल्ड राख्नु पर्ने र ‘राईट टु भोट’को ब्यवस्था पनि सुनिश्चित गर्नु पर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment