Comments Add Comment

माउरिन्होले रनर अपको मेडल आर्सनल फ्यानलाई दिए

Jose-Mourinho

१८ साउन, काठमाडौं । चेल्सीका प्रशिक्षक जोसे माउरिन्होले कम्युनिष्टी सिल्ड कपको रनर अपको मेडल आर्सनलका एक फ्यानलाई दिएका छन् ।

एलेक्स ओक्सलेड चेम्बरलिनको गोलको मदतमा आर्सनलले प्रिमियर लिग च्याम्पियन चेल्सीलाई १-० ले पराजित गर्दै उपाधि जितेको छ ।

वेम्बोलीमा चेल्सीका माउरिन्होले मेडल लिएपछि आर्सनलका आर्सेन वेङ्गरसँग हात मिलाएनन् । लगतै उनले रनर अपको मेडल आर्सनलका एक किशोर फ्यानतर्फ हुत्याइदिए ।

यसले माउरिन्हो रिजल्टप्रति सुखी छैनन भने प्रष्ट देखिन्थ्यो । खुसी हुन् पनि किन ? चिरप्रतिद्वन्द्वी वेङ्गगरको टीमसँग १४ औं भेटमा माउरिन्होले पहिलो पटक हार व्यहोरेका थिए ।

चेल्सी राम्रो टीम भएको भन्दै माउरिन्होले भनेका छन्-यो डेलर हार्नेका लागि हो । यो उन -आर्सनल फ्यान)का लागि राम्रो चिनो हुनेछ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment