Comments Add Comment

ठोरीबासी आन्दोलित, सभासदको पुत्ला दहन

Thori

७ भदौ, वीरगञ्ज । पर्साको ठोरीलाई प्रदेश नम्बर ३ मा राख्ने सहमति उल्टिएपछि ठोरीमा आन्दालेन सुरु भएको छ ।

गत शुक्रबार बसेको प्रमुख राजनीतिक दलका शीर्ष नेताहरुले ठोरी गाविसलाई प्रदेश नम्बर ३ मा राख्ने सहमति सहमति गरेका थिए । लगतै ठोरीबासीमा ठुलो खुशीको लहर छाएको थियो ।

तर, मस्यौदा समितिले तयार पारेको संविधानको विधेयकमा तीन दलको सहमति उल्टाइएको छ र सिंगो पर्सालाई दुई नम्बरको प्रदेशमा नै राखिएको छ ।

संघर्ष समितिका संयोजक प्रकाश खनालले जनताको भावना विपरीत उल्टाइएको सहमित कुनैपनि हालतमा नमान्ने बताए । ठोरीलाई प्रदेश नं ३ मा नपारिएसम्म कडा कदम चाल्ने उनको चेतावनी छ । ‘जनताको भावना विपरित कसैले पनि निर्णय गर्न पाउने अधिकार छैन’ खनालले भनेे-यसमा हामी सफल भएरै छाड्छौं ।’

स्थानीय अगुवा रामप्रकाश कुँवरले सभाषदहरुले जनाताको भावनलाई कदर नगरे सभाषदहरुलाई ठोरीबासीहरुले बहिष्कार गर्ने बताए ।

संघर्ष समितिले ठोरीको जनताको चाहना विपरीत बोल्ने सभासद्हरुको सोमबार पुत्ला दहन गरेका छन् । स्थानीयहरुले व्यक्तिगत स्वार्थमा नपरी यस अभियानलाई साथ दिन सभासद तथा नेतालाई चुनौती दिएका छन् ।

ठोरीमा सोमबारदेखि नै शैक्षिक संस्था, बजार र सरकारी कार्यालयहरु बन्द आहृवानन गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment