+
+
Shares

मंगलादेवी सिंहको १९ औं स्मृति दिवस मनाइँदै

अनलाइनखबर अनलाइनखबर
२०७२ भदौ १० गते १०:०७

१० भदौ, काठमाडौं । मंगलादेवी सिंहको १९ औं स्मृति दिवस नेपाली कांग्रेसका भ्रातृ संगठनहरुले बिभिन्न कार्यक्रम गरी मनाउँदैछन् । विहीबार नेपाल महिला संघले काठमाडौं जिल्ला समितिले शोभाभगवतीमा मंगलादेवीको प्रतिमामा माल्यार्पण कार्यक्रम आयोजना गरेको छ ।

Mangaladebi-Sing

कार्यक्रमलाई सम्वोधन गर्दै उपप्रधान एवम् स्थानीय विकासमन्त्री प्रकाशमान सिंहले कैलालीको आन्दोलनरत पक्षलाई तत्काल वार्तामा आउन आग्रह गरे । सरकार वार्ताबाटै सबै समस्याको समाधान गर्न प्रतिबद्ध रहेको उनको भनाइ थियो ।

सरकार नागरिकको सुरक्षा र शान्ति सुब्यवस्था कायम राख्न प्रतिबद्ध रहेको भन्दै उनले टीकापुरमा सुरक्षाकर्मीमाथि भएको आक्रमणका दोषिलाई कारवाहीको दायरामा ल्याइने बताए । उनले संविधान निर्माण प्रक्रिया नरोकिने र सबैका भावनालाई समेट्ने प्रयास भैरहेको जानकारी पनि दिए ।

फरक प्रसंगमा सिंहले अहिले संविधान निर्माणलाई उच्च प्राथमिकता दिनु परेकाले कांग्रेसको १३ औं महाधिवेशनका बिषयमा छिट्टै केन्द्रीय कार्यसमितिको बैंठक बसेर उचित निर्णयमा पुग्ने जानकारी गराए ।

कार्यक्रमका वक्ताहरुले नेपाली महिला आन्दोलनमा मंगलादेवी सिंहले पुर्‍याएको योगदानको चर्चा गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?