१० पुस, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आगामी निर्वाचन नलड्ने घोषणा गरेका छन् ।
बिहीबार बसेको पार्टीको केन्द्रीय कार्यसम्पादन समिति बैठकमा शर्माले आगामी निर्वाचनमा आफू उम्मेदवार नहुने घोषणा गरेका हुन् ।
पार्टीले शर्मालाई झापा–१ बाट सर्वसम्मत रुपमा सिफारिस गरेको थियो ।
तर, उनले आफूलाई सिफारिस गरेकोमा धन्यवाद दिँदै आफू निर्वाचनमा उम्मेदवार नबन्ने घोषणा गरेका हुन् ।
उनले हिजोमात्रै झापामा आयोजित क्षेत्रीय भेलामा नै आफूले उम्मेदवार बन्न चाहनेलाई दाबी गर्नका लागि भनेको पनि बैठकमा सुनाए ।
‘एक वर्ष अघि ०८१ पुस २१ गते मेचिनगर झापाको धुलाबारी स्थित अतिथि सदनको कार्यक्रममा बोल्दै ‘आगामी चुनावमा उम्मेदवार बन्न इच्छुक साथीहरू अहिल्यैदेखि गाउँमा मेहनत गर्नोस्, म ०८४ मा उम्मेदवार बन्न इच्छुक छैनझ भनेर घोषणा गरेको थिएँ,’ शर्माले बैठकमा भने, ‘तर पनि फेरि पनि सर्वसम्मत सिफारिस गरेकोेमा झापा १ का आदरणीय साथीहरूलाई धन्यवाद दिएको छु ।’
प्रतिक्रिया 4