+
+
Shares

प्रतिनिधिसभा निर्वाचन : झापा-१ बाट विश्वप्रकाश शर्माको एकल सिफारिस

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर २३ गते १७:१२
Listen News
0:00
0:30
🔊

२३ मंसिर, काठमाडौं । आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माको नाम उम्मेदवारका लागि एकल सिफारिस भएको छ ।

उनको नाम झापा निर्वाचन क्षेत्र नम्बर १ बाट एकल सिफारिस भएको हो । प्रतिनिधिसभा निर्वाचन क्षेत्रीय समितिले महामन्त्री शर्माको नाम एकल सिफारिस गरेको सचिवालयले जनाएको छ ।

कांग्रेसले १५ मंसिरमा बसेको केन्द्रीय कार्यसमिति बैठकको निर्णयअनुसार  प्रतिनिधिसभाका लागि समनुपातिक र प्रत्यक्षतर्फ तथा राष्ट्रियसभाका लागि उम्मेदवारको नाम सिफारिस गर्न मातहतलाई परिपत्र गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?